टिकटमा जसको शक्ति उसको भक्ति
काठमाडौं। २०७४ सालको प्रदेश सभा निर्वाचनमा डोल्पा ‘ख’बाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति टंक प्रसाद उपाध्यय टिकट पाउनेमा ढुक्क जस्तै थिए । लामो राजनीतिक योगदान र लोकप्रिय छबी भएको उपाध्यय डोल्पा ‘ख’ को चुनावी मैदानमा निकै शसक्त उम्मेदवार थिए । टिकट पाउने ढुक्क ढाक्की जस्तै भएका उनी चुनावको अन्तिम तयारीमा लागेका थिए । तर, अन्तिम चरणमा पुगेर एका एक उनको टिकट खोसियो । उपाध्ययको टिकट खोसेर कांग्रेसका व्यवसायीक पृष्ठभूमिका शुरेश शाहीलाई टिकट दिइयो ।
कसरी खोसियो उपाध्ययको टिकट ? यस्तो छ टिकट खोसिने काहनी–कां्रग्रेस केन्द्रीय कार्यालयका एक सचिवलाई शुरेस शाहीले रिझाए । यसरी रिझाएकी ति सचिव जेहाद छोडेर शाहीलाई टिकट दिलाउन लागे । अवसर लिन आफूलाई शक्तिशाली नेता निकटको सचिव भनेर नथाक्ने उनले तत्कालिन महामन्त्री शशांक कोइरालामार्फत शाहीलाई टिकट दिलाए । ति सचिवले शशांकलाई डोल्पा ‘ख’ मा टंक उपाध्ययको सट्टा सुरेश शाही लेखेर हस्तलिखित चिट्कट्टो बुझाए । २०७४ सालमा शशांकलाई लेखर बुझाएको हस्तलिखित चिट्कट्टो बाहिरिएपछि अहिले ति कार्यालय सचिव तनावमा परेका छन ।
डोल्पा ख बाट माओवादी केन्द्रका वीर बहादुर शाहीसँग सुरेश शाही पराजित भएका थिए । माओवादीका वीरबहादुरले ६ हजार ४ सय १४ मत प्राप्त गर्दा कांग्रेसका सुरेशले २ हजार १ सय पाँच मतमात्र पाए ।
टिकटको सिफारिस गर्ने र टिकट वितरण गर्ने तह कांग्रेसमा अलग छ । प्रदेस सभा र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको नाम राय सल्लाह दिएर जिल्लाले प्रदेश कार्यसमितिमा र प्रदेशले केन्द्रमा पठाउने वैधानिक व्यवस्था छ । मातहतका निकायबाट आएका नाममा आधारित भएर केन्द्रीय संसदीय बार्डले टिकट वितरण गर्छ ।
तर,स्वर्थ समुहले चलखेल गर्दा टिकट वितरण गर्ने नेताहरु नै प्रभावित हुने गरेका छन । टिकट वितरणमा स्वच्छ प्रतिश्पर्धाले स्थान पाउँदैन । पार्टीका सच्चा सिपाइले भन्दा पहँुच, प्रभाव, भनसुन र नेताको चाकडी गर्नेहरुले टिकट पाउने प्रचलन बढेर गएको पाइन्छ ।
प्रतिक्रिया