राष्ट्रपति विद्यादेवी भण्डारीले ६८१ कैदीको कैद सजाय मिनाहा गरी २१ जनालाई सजाय माफी दिएकी छिन्।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा ७०२ सजाय मिनाहा र आममाफी दिने निर्णय राष्ट्रपतिबाट भएको हो।
४० प्रतिशत कैद भुक्तान गरेका ६८१ जनालाई असल चालचलन भएको आधारमा बाँकी कैद सजाय मिनाहा भएको हो। २१ जनाको हकमा भने उनीहरुविरुद्धको सम्पूर्ण सजाय नै माफी भएको छ।
प्रतिक्रिया