सत्तारुढ गठबन्धनले सार्वजनिक गर्‍याे आधिकारिक उम्मेदवार नामावाली

सत्तारुढ गठबन्धनले सार्वजनिक गर्‍याे आधिकारिक उम्मेदवार नामावाली


समयपथ
0
Shares

काठमाडौँ। सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका आधिकारिक उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । गठबन्धनले आधिकारिक उम्मेदवारहरुको नामावली आज शुक्रबार सार्वजनिक गरेको हो ।

शुक्रबार चारै दलका शीर्ष नेताहरूले प्रेस विज्ञप्ति जारी गर्दै विवाद देखिएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएका हुन् ।प्रतिनिधिसभातर्फ देशका १६३ निर्वाचन क्षेत्रमा चार दलबीच निर्वाचनका लागि गठबन्धन भएको छ ।
प्रतिनिधिसभातर्फ देशका १६३ निर्वाचन क्षेत्रमा चार दलबीच निर्वाचनका लागि गठबन्धन भएको छ ।

सर्लाही–२ मा गठबन्धनबाट महिन्द्रराय यादव र लोसपाका राजेन्द्र महत्तो उम्मेदवार छन् भने काठमाडौं निर्वाचन क्षेत्र १० मा कांग्रेसका राजन केसी र माओवादी केन्द्रकी अञ्जना विशंखे चुनावी मैदानमा उत्रिएका छन् ।

सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ ।  गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।

प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

FINAL-Candate-for-5-Partys-final_11_Kartik-14-no-page-editing.pdf – Google Drive