काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । ‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले सोमबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वअध्यक्षहरु पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन ।
घोषणापत्रमार्फत राप्रपाले राजसंस्थालाई अभिभावकिय संस्थाको रूपमा राख्नुपर्ने बताएको छ । त्यस्तै, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् हुनुपर्ने उल्लेख गरेको छ । त्यसैगरी, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना हुनुपर्ने राप्रपाको एजेण्डा छ । पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बताए । उनले एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था हुनुपर्ने कुरा पनि घोषणापत्रमा समावेश गरिएको उल्लेख गरेका छन ।
पूर्णपाठका लागि तलकाे लिंकमा क्लिक गर्नुहास्
प्रतिक्रिया