मेयर खत्रीले टोल–टोलमा वृद्ध भत्ता वितरण गर्ने ब्यवस्था मिलाएपछि बृद्धबृद्धाको खुसीको सीमा छैन

मेयर खत्रीले टोल–टोलमा वृद्ध भत्ता वितरण गर्ने ब्यवस्था मिलाएपछि बृद्धबृद्धाको खुसीको सीमा छैन


समयपथ
0
Shares

आज १ अक्टोबर अर्थात अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस :

भक्तपुर । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले ज्येष्ठ नागरिक दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गरेका छन । हरेक वर्ष अक्टोवर १ तारिखका दिन मनाइने ज्येष्ठ नागरिक दिवसको अवसर पारेर यस वर्ष चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकहरुको घर–घरमै पुगेर ज्येष्ठ नागरिकहरुको दीर्घायु र सुस्वास्थ्यको कामना सहित उनीहरुले आफ्नो उर्जाशील समयमा राष्ट्रलाई पुर्याउनु भएको योगदानप्रति सम्मान प्रकट गर्दै ज्येष्ठ मनाउने गरेको छ ।

चाँगुनारायणका नगर प्रमुख खत्रीले सामाजिक सुरक्षा भत्ता प्रत्येका वडाका टोल टोलमा वितरण गर्ने व्यवस्था मिलाएपछि नगरभित्रका बृद्धबृद्धा दंग छन । नगर प्रमुख खत्रीले घर आगनमै पुगरे सामाजिक सुरक्षा भत्ता(बृद्धभत्ता) वितरण गर्ने व्यवस्था मिलाएपछि चाँगुनारायणका वृद्ध बृद्धा र अशक्तहरु दंग भएका हुन । दशैं,तिहार,नेपाल सम्बत् जस्ता चाडपर्वको सम्मुखमा टोल टोलमा भत्ता पाउँदा बृद्धबृद्धाको खुसीको सीमा छैन ।

दैनिकजसो मेयर खत्री कहिले बालबालि कहिले ज्येष्ठ नागरिकहरुसँग भेटघाट गर्ने र समस्या बुझ्ने गर्छन । त्यो कुराको पुष्टि उनका संग्रहित तस्वीरले पुष्टि गर्छ ।

नगर प्रमुख निर्वाचित भएदेखि नै लोकप्रिय काम गर्दै आएका खत्रीले ९ वटै वडाका टोल टोलमा पुगेर बृद्ध बृद्धाको हात हातमा बैंकका कर्मचारी र वडाका कर्मचारी तथा वडाध्यक्ष मार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएका छन ।
नगर प्रमुख निर्वाचित भए लगत्तै भएदेखि नै सामाजिक सुरक्षा भत्ता टोल टोलबाट वितरण हुने व्यवस्था मिलाएका खत्री अहिले वृद्धवृद्धाको आशीर्वाद पाइरहेका छन । सरकारले बैकिङ प्रणालीमार्फत सामाजिक सुरुक्षा भत्ता वितरण गर्ने व्यवस्था गरेका कारण बैंकसम्म पुगरे भत्ता बुझ्न बृद्ध बृद्धालाई कठिन भएको महसुस गरेर नगर प्रमुख खत्रीले बैंकका कर्मचारी टोल टोलमा खटाएर बृद्ध भत्ता विरण गर्ने व्यवस्था मिलाएको बताए ।

बृद्धबृद्धा आमाबुबा भगवान समान हुन।उहाँहरुलाई समाजिक सुरक्षा भत्ताले बुढेसकालमा ठूलो भरथेग गरेको छ । शारीरिक रुपामा अशक्त बृद्धबृद्धा आमबुवाहरु बृद्धभत्ता बुझ्न जादा ठूलो खर्च र झण्झट पनि बेहोर्नु पर्ने अवस्था बुझेर टोल टोलमा कर्मचारी खटाएर समाजिक सुरुक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको नगर प्रमुख खत्रीले बताए ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष १ अक्टोबरको दिनलाई विश्वभर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष “परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन” भन्ने अन्तरराष्ट्रिय नारा र “ज्येष्ठ नागरिकको उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरे पश्चात् सन् १९९१ देखि अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आइएको छ । नेपालको संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ ।