आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता

आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता


समयपथ
0
Shares
धनगढी ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उनकी पत्नी आरजु देउवाले दर्ता गराएकी छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी हुन् । देउवाको प्रस्तावक कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौत र समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी छन् ।
देउवा डेल्धुरामा २०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका छन् । देउवाको यो आठौं निर्वाचन हो ।