संखुवासभा । सिद्धकाली महिला सञ्जालले चुनाव प्रचार प्रसारमा महिलालाई सुरक्षित वातावरण निर्माण गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला निर्वाचन अधिकृत र जिल्ला प्रहरी कार्यालयमा ध्यानकर्षण गराएको छ । सदरमुकाम खाँदवारी पुगेर सञ्जालको टोलीले प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला निर्वाचन अधिकृत र जिल्ला प्रहरी कार्यालयमा ध्यानकर्षण गराएको हो ।
सिद्धकाली सञ्जालकी अध्यक्ष हेमकुमारी चौहानको नेतृत्वमा अन्तर-पुस्ता महिलावादी मंचका सह संयोजक शरु जोशी र रिता शाहद्वारा हस्ताक्षरित ध्यानकर्षण पत्र सिडिओ वीरेन्द्र कुमार यादव र प्रमुख निर्वाचन अधिकृत, जिल्ला प्रहरी कार्यालयमा बुझाएको सञ्जालकी सचिव नमिता काफ्ले जानकारी दिइन ।
अन्तर-पुस्ता महिलावादी मंचले चार बुँदे ध्यानाकर्षण तयार पारेर ७७ वटै जिल्ला प्रसाशन र निर्वाचन कार्यालयमा भगनी समुहमार्फत बुझाएको हो । अन्तर–पुस्ता महिलावादी मंचमा अवद्ध महिला सञ्जालको नेतृत्वमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला निर्वाचन अधिकृतलाई भेटेर ज्ञापनपत्रमार्फत ध्यानकर्षण गराउने पूर्वनिर्धारित कार्याक्रम तय गरेको थियो ।
चर बुँदेमा के छ ?
१. निर्वाचनको समय तथा निर्वाचन पछि हुने चुनाव प्रचार प्रसार, विजय जुलुश आदिका नाममा हुने भोज भत्तेर आदिको आयोजना तथा सो को नाममा भएका अत्यधिक मादक पदार्थ सेवनले गर्दा अघिल्लो स्थानीय तह निर्वाचनमा पितसत्तात्मक सामाजिक, आर्थिक र राजनितिक र काननी विभेद र असमानता भोग्न परिरहेका महिलाहरू, बालबालिकाहरू विरुद्ध अत्याधिक घरेलू हिंसावृद्धि भएको छ । महिलाहरूले अघिल्लो स्थानीय तह निर्वाचनमा घर दैलो प्रसार प्रचारमा जाँदा यी प्रत्यक्ष अनुभव गरेकाले यसलाई स्थानीय पालिका मार्फत निगरानी र नियन्त्रण गर्न आवश्यक समन्वय गरी सम्पूर्ण यथोचित व्यवस्था गर्ने ।
२. कनै पनि चनावी प्रसार–प्रचारमा संलग्न सक्रिय महिलाहरुलाई सरक्षीत वातारण सृजना गराउन सुरक्षाका सम्पूर्ण उपायहरू अपनाएको सुनिश्चित गर्ने।
३. कुनै पनि शारीरिक किसिमले निर्बल (वृद्धवृद्धा, अपङ्गता भएका, गर्भवती, सुत्केरी, बालबालिका आदि) महिला या पुरुष मतदान गर्न जाँदा-आउँदा राज्यको तर्फबाट गरिएको विशेष व्यवस्थालाई पुर्ण रूपमा कार्यान्वयन गरी सुदृढीकरण गर्ने
४. निर्वाचन आचार संहिता पालना गर्ने गराउने र सो को उल्लंघनमा निर्वाचन आयोग लगायत सबै सरोकारवालाहरूको ध्यानकर्षण गराउने ।
अन्तर–पुस्ता महिलावादी मंचले के गर्छ ?
उपरोक्त सम्बन्धमा अन्तर-पुस्ता महिलावादी मंचले (आइजीएफएफ) नेपालको महिला आन्दोलन सुदृढीकरण तथा संविधानले दिएको अधिकारका बारेमा सचेतीकरण गर्दै महिला अधिकार उपभोग गर्न सक्ने बातावरण निर्माणका लागि सन् २०१९मा स्थापित एक अनौपचारिक सञ्जाल हो । यस मंचले ले स्थानीय निर्वाचनमा महिला सहभागिताको लागि विभिन्न राजनैतिक दलहरूका नेतृत्वसंग संवाद लगायत आफ्नै सिकाइकोलागि सञ्जालको आन्तरिक छलफल तथा विभिन्न जिल्ला तथा प्रदेश स्तरमा महिलाहरूसंग संवाद गर्दै आएको छ ।
यस्तो छ ध्यानकर्ष पत्र
प्रतिक्रिया