काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पाद समिति बैठकले कर्णाली प्रदेशका जिल्लाहरुमा हालै भएको प्राकृतिक विपद्को घटनामा उद्धार, राहत र पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने कार्यमा सहयोग पु¥याउन मातहतका समितिलाई निर्देशन दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसकेको बैठकले उद्धार, राहत र पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने कार्यमा सहयोग पर्याउन निर्देशन दिएको हो ।
वाढी पहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरुले पार्टी तथा भ्रातृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरी उद्धार, राहत र पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने कार्यमा सहयोग पुर्याउन यो बैठकले निर्देश दिएको निर्णयमा उल्लेख छ ।प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारहरु (केन्द्र, प्रदेश र स्थानीय तह) सँग यो बैठक आग्रह गरेको छ ।
रुकुम पश्चिममा ७, मुगुमा २३६, कालिकोटमा २३२, हुम्लामा २८, सुर्खेतमा १२९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा ५, जुम्लामा ३६८ र दैलेखमा २७१ घरहरु पूर्ण रुपमा क्षति भएका छन् । त्यसैगरी रुकुम पश्चिममा ३, मुगुमा ३९९, कालिकोटमा ४३५, हुम्लामा ३२, सुर्खेतमा १२७, सल्यानमा ४२, डोल्पामा ६, जुम्लामा ४४० र दैलेखमा २३६ घरहरु उच्च जोखिममा रहेका छन् । रुकुम पश्चिममा १५, मुगुमा ५२८२, कालिकोटमा १७६३, हुम्लामा ४७४, सुर्खेतमा ५६६, सल्यानमा ६२९, डोल्पामा ३२, जुम्लामा १७२५, दैलेखमा १६२० र जाजरकोटमा १८ जना स्थानीय वासिन्दा विस्थापित हुन वाध्य भएका छन् । कर्णाली राजमार्गका दैलेख, कालिकोट, जुम्ला, मुगुका केही स्थानहरु अवरुद्ध भएका छन् ।
“२०७९ असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका जिल्लाहरु– रुकुम पश्चिम, मुगु, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करीब ३ दर्जन व्यक्तिको मृत्यु, २० जना वेपत्ता र २३ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहानुभूति प्रकट गरेको छ ।
बैठकले प्राकृतिक विपद्मा परि जीवन गुमाउनु भएका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उनीहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
प्रतिक्रिया