अब कुनै पनि नेपाली संमृद्धिको प्रकाशबाट बञ्चित हुनुपर्दैन : प्रवक्ता डा. महत

अब कुनै पनि नेपाली संमृद्धिको प्रकाशबाट बञ्चित हुनुपर्दैन : प्रवक्ता डा. महत


समयपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कुनै पनि वर्ग ,समुह र क्षेत्र संमृद्धिको प्रकाशबाट बञ्चित नहुने बताए । पार्टी केन्द्रीय कार्यालय सानेपमा पत्रकारसम्मेलन मार्फत प्रवक्ता महतले लोकतान्त्रिक मुल्य मान्यता र कानूनी शासनको अधारशीलमा देशमा संमृद्धि सिर्जना गर्ने र संमृद्धिको पहुचमा हरेक नागरिकलाई पुर्याउने डा. महतले बताए ।

निर्वाचनपछि कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि कुनै पनि नेपाली नागरिक आर्थिक अभावका कारण शिक्ष र स्वास्थ्यबाट बञ्चित हुनु पर्ने छैन डा. महतले भने कुनै पनि नेपाली युवा देशमा रोजगारी नपाएर विदेसिनु पर्ने अवस्था आउने छैन । जनताको अधिकारप्रति समर्पित सरकारको माध्यमबाट देशमै रोजगारीको सिर्जना गर्ने, लगानीको वातावरण सिर्जना गर्ने,वतावरणमैत्री अर्थतन्त्रको विकास गर्ने,पेटोलियम पदार्थको आयत घटाउनेमा उनले जोड दिए । देशमा संमृद्धि सिर्जना गराएर संमृद्धको पहुचमा आम नागरिकलाई पुर्याउने डा.महतको जोड थियो ।
नेपाली कांग्रेसले जनता र देशलाई केन्द्रमा राखेर परिणाम देखाउने गरी काम गर्ने उनले बताए । नेपाली कांग्रेस नेतृत्वको सरकारमा नेपालको स्वार्थ केन्द्रित र आवस्यकता केन्द्रीत विदेश नीतिमा जोड दिने उनले स्पष्ट पारे ।

विषम परिस्थितमा बनेको पाँच दलीय गठबन्धनको सरकारले छोटो अवधिमा देशलाई लयमा ल्याएको उनले बताए। संविधानले सुनिश्चि गरेका अधिकारको कार्यान्वयन गर्ने काम यो सरकारबाट भएको, स्थानीय तहको निर्वाचन भयरहित निश्पक्ष ढंगबाट सफल रुपमा सम्पन्न गरेको, कोभिडको सफल व्यवस्थापन र रोकथाम, विदेश नीतिमा सन्तुलन र जनताका सरोकारका विषयलाई प्राथमिकता दिएर सरकार अघि बढेको उनको तर्क थियो ।

नेपाली कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा मंसिर ४ गते गते निश्पक्ष स्वतन्त्र र भयरहति ढंगबाट प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन हुनेमा कुनै द्विविधा नरहेको उनले स्पष्ट पारे ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ९१ माओवादी केन्द्रले ४७ नेकपा एकीकृत समाजवादीले २० लोसपाले ७ र जनमोर्चाले २ स्थानमा उम्मेदवारी दिएको उनले जानकारी दिए । प्रदेश सभामा पनि गठबन्धनको गठबन्धनको संस्कृति अन्र्तगत सिटको बाडफाड गरेर अघि बढेको उनले जानकारी दिए ।

कांग्रेसको प्रचार अभियान निर्वाचन आयोगको आचार संहिताको अधिनमा रहेर हुने उनले बताए । मिडियाको साथाको खुलेर प्रसंशा गरे ।

गठबन्धनले ‘संविधानको रक्षा, स्थायीत्व र संमृद्धिको मुख्य लक्ष्य’नारा तय गरेको प्रवक्ता डा. महतले जानकारी दिए ।