संखुवासभा । चैनपुर नगरपालिका स्थित आयुर्वेद औषधालय पोखरीद्धारा “स्वास्थ्य पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेद” भन्ने मूल नाराका साथ धनधान्यकी देवी धनवन्तरीको पूजा आरधना गरी राष्ट्रिय आरोग्य तथा धनवन्तरी जयन्ती मनाएको छ ।
औषधी विज्ञानको क्षेत्रमा भगवान धनवन्तरीबाट आयुर्वेद औषधीको प्रयोग हुँदै आएको धर्मशास्त्रमा उल्लेख भए सँगै मानिसहरुले पनि आयुर्वेद औषधीको प्रयोग गर्दै आएको चैनपुर नगर योग समितिका अध्यक्ष नरबहादुर अधिकारीले वताए । आजकै दिन घरमा सरसफाई गरी नयाँ वस्तु सुन, तामा, झाडु नुन, बेसार खरिद गर्ने समेत प्रचलन रहेको नगर योग समिति अध्यक्ष अधिकारीले वताए ।
धनवन्तरी जयन्तीको अवसरमा आफु स्वस्थ्य रहे मात्र धनधान्य वन्न सकिने वताउदै एलोपेथिक औषधीको तुलनामा आयुर्वेदिक औषधी विना साइट इफेक्ट स्थायी रुपमा रोगको निदान हुन सक्ने भएकाले यसको व्यपाक प्रचारप्रसार हुनु पर्ने कार्यक्रमका अध्यक्ष एवं चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले बताए । आयुर्वेद तथा योगको क्षेत्रमा जिल्लाको अन्य शाखा भन्दा राम्रो सेवा प्रदान गरिरहेको चैनपुर औषधालयले अझ प्रभावकारितालाई वढाउन पर्नेमा प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।
आयुर्वेद शाखाले चैनपुर क्षेत्रमा सेवा प्रदान गरेको प्रशासा गर्दै प्रचार प्रसारमा जोड दिन कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगर उप–प्रमुख एलिना श्रेष्ठले बताइन । कार्यक्रममा योग तथा आयुर्वेदका उपयोग, प्रयोग, प्रभावकारीता बारेमा आयुर्वेद औषधालयका प्रमुख कविराज दिनेश प्रसाद रायले वताए। यसैगरी चैनपुर नगर योग समितिका सचिव चन्द्र प्रसाद तामाङले योग तथा आयुेर्वेदको बारेमा वताउनुभएको थिए । कार्यक्रममा चैनपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष, चैनपुर नगरपालिका पूर्व नगर प्रमुख भरत कुमार खत्री, सुरक्षाकर्मी, शिक्षक, समाजसेवी लगायतको उपस्थितीे थियो ।
मोहन कुमार राई
प्रतिक्रिया