संखुवासभा । सत्ता गठबन्धनले किमाथांका-जोगवनी(कोशी करिडोर) सडक खण्ड पाँचवर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।संखुवासभा जिल्लामा विद्यमान सत्ता गठबन्धनले सामारिक महत्व बोकेको किमाथांका–जोगवनी(कोशी करिडोर) पाँचवर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।
गठबन्धनले चतारा लोगुवा द्रुत मार्ग निर्माण र सबै पालिका स्तरिय सडकको कालोपत्रे गर्ने प्रतिवद्धता जनाएको छ । शिपमुलक, रोजगारमुलक,व्यवाहारिक,वैज्ञानिक र गुणस्तरिय शिक्षा प्रदान गर्ने विषयलाई घोषणा पत्रमा प्राथमिकताका साथ उठान गरेको छ । योगमायाँ विश्वविद्यालय चाडो सञ्चालनमा ल्याउने, प्रत्येक पालिकामा आवसीय र प्रविधिमैत्री विद्यालय स्थापना गर्ने विषयलाई पनि गठबन्धनले जोड दिएको छ ।
गठबन्धनले घोषणा पत्रमा संखुवासभाबासीलाई स्वच्छ र शुद्ध खानेपानी व्यवस्था र वातावरणमैत्री विकासमा जोड दिएको छ ।
गठबन्धले कृषकलाई उन्नत जातको विउ विजन र मलको प्रवन्ध मिलाउने, जडिबुटीको संरक्षण, विस्तार र प्रशोधन व्यवस्था मिलाउने, कृषि पकेट क्षेत्र घोषणा गर्ने, भूमि बैंकको स्थापना गर्ने र भूमिहिनलाई जग्गाको पूर्जा दिने जस्ता विषयलाई महत्व दिएको छ ।
पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन एप्सको विकास गर्ने, किमाथांका नाका सञ्चालनमा ल्याई सुख्खा बन्दरगाहा निर्माण गर्ने, तुम्लिङटार विमानस्थललाई थप सुविधासम्पन्न बनाउने,सबै पालिकामा प्याराफिट सहितको खेल मैदान र कवर्ड हल निर्माण गर्ने विषयलाई घोषणा पत्रमा समेटेको छ ।
भ्रष्टाचार सून्य जिल्ला बनाउने, सामाजिक सुरक्षाका विशेष प्याकेज ल्याउने, नागरिकको शान्ति सुरक्षाको प्रवन्ध मिलाउने कुरा घोषणा पत्रमा समेटेको छ ।
प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व खानेपानी राज्यमन्त्री दिपक खड्का र नेकपा एमालेका नेता राजेन्द्र प्रसाद गौतम तेस्रो पटक प्रतिश्पर्धा गर्दै छन । भेटघाट र चुनावी अभियानलाई तिब्रता दिएका नेपाली कांग्रेसाका नेता एवं गठबन्धनका सझा उम्मेदवार दिपक खड्का मतदाताको अपार समर्थनले निकै उत्साहित बनेका छन ।
निर्वाचन प्रचार अभियानको दोस्रो चरण सुरु भएकै दिन संखुवासभा जिल्लामा सत्तारुढ लोकतान्त्रिक गठबन्धनले साझा घोषणा पत्र सार्वजनिक गरेको हो । ‘लोकतान्त्रिक गठबन्धनलाई भोट, सुखी र संमृद्ध संखुवासभा निर्माण गर्ने आठोट’ सत्तारुढ गठबन्धनको मुल नारा रहेको छ ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार दिपक खड्का, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य, एवं समानुपातिक उम्मेदवर उमेश कुमार डागी, माओवादी केन्द्रका जिल्ला नेताहरुको उपस्थिति थियो ।
लोकतान्त्रिक गठबन्धनले राष्ट्रिय,क्षेत्रीय, जिल्ला स्तरिय र स्थानीय एजेण्डालाई शसक्त रुपमा उठाएको छ ।
यस्तो छ लोकतान्त्रिक गठबन्धनको साझा घोषणा पत्रको पूर्ण पाठ :
प्रतिक्रिया