मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी  

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी  


समयपथ
0
Shares

मनाङ।  मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन । गुरुङले उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गरे।

कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गरे भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई सय ४७ मत प्राप्त गरे । कांग्रेसका केन्द्रीय सदस्य गुरुङ मनाङ कांग्रेसको पूर्व सभापति हुन। उनी पूर्व श्रम राज्यमन्त्री हुन ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गरे भने  भने १९ मत बदर भएको छ ।

त्यसैगरी मनाङ प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भए । प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध भएका थिए ।