काठमाडौँ-९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी   

काठमाडौँ-९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी   


समयपथ
0
Shares

काठमाडौँ । नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय भएका छन । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजयी हासिल गरे ।

पोखरेल भने दश हजार नौ सय ६१ मत प्राप्त गरेका छन । उक्त निर्वाचन क्षेत्रमा ४४ हजार तीन सय ७९ मत खसेको थियो । मत गणनामा सुरुदेखि नै श्रेष्ठले अग्रता लिनुभएको थियो । उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का कल्पना धमलाले भने ६ हजार चार सय दुई मत प्राप्त गरिन ।

उक्त क्षेत्रमा एक हजार आठ सय ६२ मत बदर भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन । उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र पाँच जना महिला थिए । त्यस क्षेत्रमा मतदाता सङ्ख्या ७२ हजार एक सय ७३ थियाे ।