काठमाडौँ ५ मा कांग्रेसका प्रदीप पौडेलसँग एमालेका पोखरेल पाँच हजार ६२ मतले पराजित    

काठमाडौँ ५ मा कांग्रेसका प्रदीप पौडेलसँग एमालेका पोखरेल पाँच हजार ६२ मतले पराजित    


समयपथ
0
Shares

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भएका छन ।

पौडेलले १५ हजार दुई सय ३७ मत ल्याएर विजयी भएकाे सो क्षेत्रका मतदान अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कमलकान्त जोशीले जानकारी दिए । पौडेलका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले १० हजार एक सय ७५ मत प्राप्त गरेका छन  ।

पौडेलले पाँच हजार ६२ मतले पोखरेललाई पराजित गरेका हुन । पौडेल पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन । सो क्षेत्रमा कुल ७० हजार नौ सय १९ मतदाता रहेकामा ४५ हजार नौ सय ७८ मत खसेको थियो । त्यसमध्ये ४४ हजार चार सय सात मत सदर भएको थियो ।

सतचालीस वर्षीय पौडेल विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २(१) बाट न्यून मतान्तरले पराजित भएका थिए । पाँच वर्षपछि पौडेलले संसदीय राजनीतिमा अनुभव भएका एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गरेका हुन । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष पौडेल युवापुस्ताका आशालाग्दा नेता हुन । राजनीतिप्रति गहिरो चिन्तन, सरल र प्रखर व्यक्तित्वले पौडेलको राजनीतिक यात्रालाई अहिलेको उचाइमा पुर्याएको जनाइएको छ ।