काठमाडौँ-३ मा कांग्रेसको ‘क्लिन स्वीप’ 

काठमाडौँ-३ मा कांग्रेसको ‘क्लिन स्वीप’ 


समयपथ
0
Shares

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका सन्तोष चालिसेले १५ हजार एक सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार एक सय ९६ मत प्राप्त गरेका थिए  ।

यसैगरी काठमाडौँ क्षेत्र नं ३ मा दुवै प्रदेशसभा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन । प्रदेशसभा सदस्य (१) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (२) मा विमल ठकुरी विजयी हुनुभएको मतदान अधिकृत शाहीले जानकारी दिए ।