चैनपुर । जनजागरण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं साधारण सभाको अवसरमा असल ऋणीलाई सम्मान गरेको छ ।
साधारणसभाको अवसरमा शुत्रवार संस्थाको सफल ऋणी कृषि तर्फ पासाङ शेपा, पशुपालनमा दाछ्योतर शेर्पा, सिलाइकटाइमा रन्जना लिम्बू लाई सम्मान गरिएको संस्थाका अध्यक्ष दलकुमार तामाङले बताए । यसैगरी जेष्ठ शेयर सदस्य, एकल महिला, बालबचतकर्तालाई समेत सम्मान गरिएको अध्यक्ष तामाङले बताए ।
कार्यक्रममा संस्थाको वार्षिक गतिविधि प्रस्तुत गर्दैै सहकारी संस्था सदस्यका लागि सदस्यहरुबाट नियन्त्रीत र सदस्यहरुदरा नै सञ्चालित एकताका लागि सबै र सबैका लागि एक भन्ने सामाजिक भावनाबाट प्रेरित भई संस्था प्रगति तर्फ अघि बढेको संस्थाका सचिव दोर्ची शेर्पाले बताए । ७ सय ५६ शेयर सदस्य रहेको संस्थामा ५३ लाख ५७ हजार ६७७ शेयर पूँजी रहेको सचिव शेर्पाले बताए ।
कार्यक्रममा लेखा समति संयोजक राजेन्द्रकुमार राईले वार्षिक लेखा प्रतिवेदन पेश गरेका थएि । प्रतिवेदनमा संस्थाले आ.व. २०७८÷०७९ मा रु १७ लाख ६१ हजार २३६ मुनाफा कमाउन सफल भएको जनाएको छ । उक्त मुनाफा आयकर ५ प्रतिशत, २५ प्रतिशत जगेडा कोष, ०.५ प्रतिशत सहकारी प्रवद्र्धन कोष, २५प्रतिशत शेयर लाभांश कोष, २५ प्रतिशत संरक्षित पूजी कोष, घाटापुर्ति १० प्रतिशत लगायतको कोषहरुमा बाडफाड गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारणसभाको प्रमुख अतिथि चैनपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कालिबहादुर लिम्बुले सहकारी सदस्यहरुले साना साना वचत संकलनले धेरै ठूलोठूलो काम गर्न सकिने भएकाले बचत गर्ने बानीको विकास गर्न जरुरी रहेको बताए । कार्यक्रममा स्थानी तह जनप्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसैगरी जालापादेवी कृषि सहकारी संस्था चैनपुरले पनि आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको संसथाको अध्यक्ष वद्रीविक्रम डाँगीले जानकारी दिए ।
मोहन कुमार राई
प्रतिक्रिया