नगरबासीलाई पूर्णरुपमा स्वस्थ राख्ने संकल्प लिएको छु : नगर प्रमुख खत्री

नगरबासीलाई पूर्णरुपमा स्वस्थ राख्ने संकल्प लिएको छु : नगर प्रमुख खत्री


समयपथ
0
Shares

भक्तपुर । चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरबासीलाई स्वास्थ्यका दृष्टिले पूर्ण रुपमा सुरक्षित राख्ने नगरपालिकाको एकमात्र संकल्प भएको बताएका छन । युएसएआईडीद्वारा ‘नागरिक समाजलाई वायु गुणस्तर व्यवस्थापन सम्वन्धी अभिमुखिकरण’ कार्यक्रमका प्रमुख वक्ता मेयर खत्रीले नागरिकलाई पूर्ण रुपमा स्वास्थ्य राख्नु नगरपालिकाको एउटै संकल्प भएको बताएका हुन । स्वच्छ नगरपालिका र स्वस्थ नगरबासी बनाउने सवालमा कुनै पनि सम्झौक्ता नगर्ने प्रतिवद्धता मेयर खत्रीे व्यक्त गरे ।

पछिल्लो समय चाँगुनारायण नगरपालिकामा क्यान्सर जास्तो प्राणघातक रोग भयाभह बन्दै गएकोमा मेयर खत्रीले चिन्ता प्रकट गरे । नगरपालिकाभित्र मुटु, फोक्सो, पाठेघर, मृगौला लगायतका क्यान्सरका विरामीको संख्या बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरे । आफू जनप्रतिनिधि भएर आएपछि अन्य नगरपालिकामा भन्दा चाँगुनारायणमा किन दीर्घरोगीहरु संख्या बढ्यो भनेर विज्ञ डाक्टरहरुसँग छलफल चलाएको बताए ।
नगरबासीका स्वास्थ्य समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्न,दीर्घरोगबाट नगरबासीलाई बचाएर नागरिकालाई स्वस्थ्य बनाउन आफू र आफ्नो टिम कम्मर कसरेर अघि बढेको नगरप्रमुख खत्रीले बताए ।

जनप्रतिनिधि र कर्मचारीको मात्र खटाइमा सबै समस्या समाधान नहुने भएकाले नागरिकको स्वास्थ्यसँग सराेकार राख्ने सबै पक्षलाई सहयोगीको भूमिका खेल्न उनले आह्वान गरे । स्वास्थ्य क्षेत्रको सुधारकै लागि चागुनारायण अस्पतालमा ४ जना डाक्टर राखेर गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए । एक घर एक स्नातक नागरिक उत्पादन गर्ने लक्ष्य लिएको नगरपालिकामा एक घर एक क्यान्सर पीडित हुने भय बढेको उनले बताए ।

बृद्ध बृद्धा, शारीरिक रुपमा अशक्त, अपांग र आफ्नो पैसा खर्च गरेर उपचार गराउन असमर्थ व्याक्तिहरुलाको स्वास्थ्य उपचारमा नगरपालिकाले विशेष ध्यान केन्द्रित गर्ने बताए । जसका लागि वडा वडामा हेल्थ सेन्टर खडा गरेर स्वास्थ्य सेवा नागरिकका घर घरमा पुर्याने नगरपालिकाको तयारी रहेको उनले बताए ।

ऐन कानूनको परिधिभित्र बसेर इटा भट्टाको प्रदूषण नियन्त्रण गर्न नगरपालिका सदैव तत्पर छ नगर प्रमुख खत्रीले भने इटा भट्टा व्यवसायीहरु उद्योगमा दर्ता भएर आउनु भएको छ । हाम्रै जग्गा भाडामा लिएर भट्टा सञ्चालन गरिरहनु भएको छ । नगरपालिकाले हटाएन भन्नु हुन्छ, हामी पनि ऐन नियम कानूनले बाधिएका छौैं । म निर्वाचित भए लगत्तै इटा भट्टा कर पाँच लाखबाट बढाएर १० लाख पुर्याए । भट्टा व्यवसायीहरुले छोडेर जाउन भनेरै मैले कर बढाएको हु । नगरबासीको स्वास्थ्य भन्दा ठूलो कुरा अरु मैले सम्झेको छैन । उनले थपे नगरपालिकाभित्र सबै काम असल नियतले गरिएका छन, आलोचना र अशंका भन्दा पनि रचनात्मक ढंगबाट सहयोग गर्नुहोस ।