देउवाले छोडे सरकारी निवास   

देउवाले छोडे सरकारी निवास   


समयपथ
0
Shares

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सरेका हुन ।

बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत् भइरहेकाले उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनी २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त  भएपछि देउवा सरकारी निवासमा बस्दै आएका थिए ।