काठमाडौँ । सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरको (चार दशमलव ७२ मेगावाट) उद्धघाटन सम्पन्न भएको छ । पुस १३ गत जलविद्युत् आयोजनाको शुभारम्भ प्रतिनिधिसभा सदस्य उद्योगपति विनोद चौधरी र हाइड्रोपावरका अध्यक्ष तथा प्रतिनिधिसमा सदस्य दीपक खड्काले उद्घाटन गरेका हुन । अन्तिम चरणको परिक्षण सकिएपछि हाइड्रोपावरको उद्धघाटन गरिएको हो ।
प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादनको चरणमा पुगेको हो । उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा एक हप्ताभित्र जोडिने अध्यक्ष खड्काले जानकारी दिए ।
हाइड्रोपावर सम्पन्न भएको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सांसद तथा नेपाली कांग्रेसका नेता समेत रहेका खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताए । बिभिन्न चुनौतिका बाबजुत छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको उनले जानकारी दिए । हाइड्रोपावर निर्माणका क्रममा स्थानीय बासिन्दाको भरपुर सहयोग पाएको अध्यक्ष खड्काले बताए । अनुमान गरिएभन्दा राम्रो प्रतिफल हाइड्रोपावरले दिने खड्काले बताए । “स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर चाडै शेयर निष्काशन गर्ने तयारीमा खड्काले बताए ।
यसै हाइड्रोपावरको क्साकेड प्रोजेक्टको रुपमा साढे सात मेगावटको पिलुवा वन हाइड्रोपावरको डीपीआर र फिजिविलिटी स्टडी सकिएको तर पीपीए हुन बाँकी रहेको अध्यक्ष खड्काले जानकारी दिए ।
मेन्छियाम हाइड्रोपावर नविल बैंकको अगुवाई र राष्ट्रिय बाणिज्य बैंकको सहभागीतामा निर्माण भएको हो ।
प्रतिक्रिया