राजेन्द्र बहादुर-अम्बिका खत्री ट्रष्टद्वारा आधा दर्जन विद्यालयमा १९६ थान न्यानो स्वीटर वितरण

राजेन्द्र बहादुर-अम्बिका खत्री ट्रष्टद्वारा आधा दर्जन विद्यालयमा १९६ थान न्यानो स्वीटर वितरण


समयपथ
0
Shares

संखुवासभा । चैनपुर नगरपालिका वडा नम्बर ८ मा १९६ थान  न्यानो स्वीटर वितरण गरिएको छ । प्रस्तावित राजेन्द्र बहादुर–अम्बिका खत्री ट्रष्टद्वारा वडा नम्बर ८ का ६ वटा विद्यालयमा १९६ थान न्यानो स्वीटर वितरण गरिएको हो ।

ट्रष्टका अध्यक्ष राजेन्द्र बहादुर खत्रीकाे उपस्थितिमा गगनचुम्बी आधारभूत विद्यालय अरुणथान,जनता आधारभूत विद्यालय मानेडाँडा, बानेश्वर आधारभूत विद्यालय दंगालीगाउँ, हेवागंगा आधारभूत विद्यालय कटहरे,जलकन्याँ आधारभूत विद्यालय राउतगाउँ र हिमगंगा आधारभूत विद्यालय चापाभूईमा अध्ययनरत छात्र छात्राहरुलाई १९६ थान स्वीटर वितरण गरिएको हो ।
ट्रष्टमार्फत राजेन्द्र बहादुर–अम्बिका खत्रीले आधादर्जन विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका साथै न्यानो कपडा २०७३ सालदेखि नियमित उपलब्ध गराउदै आउनु भएको छ ।

उक्त ट्रष्टमार्फत राजेन्द्र बहादुर–अम्बिका खत्रीले समाज सेवा र शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउदै आउनु भएको छ । उहाँहरुले २०७३-०७४ सालदेखि ट्रष्टमार्फत संखुवासभा बहुमाुखी क्याम्पस चैनपुर,सरस्वती माध्यमिक विद्यालय चैनपुर,शारदा माध्यमिक विद्यालय खराङ र शारदा माध्यमिक विद्यालय पोखरीका ७-७ जना विद्यार्थीलाई २१-२१ हजारका दरले प्रत्यक वर्ष छात्रबृत्ति उपलब्ध गराउदै आएको बताउनु भयो । यसै गरि वाणिविलास मावि लोहाकोट १५-१५ हजारका दरले ५ जना विद्यार्थीहरुलाई छात्रबृत्रि उपलब्ध गराउदै अएको प्रस्तावित ट्रष्टका अध्यक्ष खत्रीले बताउनु भयो ।

उहाँले आफ्ना स्वर्गीय बुबा आमको नाममा संखुवासभा बहुमुखी क्याम्पस चैनपुरमै ‘कृष्ण बहादुर–मनकुमारी खत्री छात्रबृत्ति कोष’ ५ लाखको खडा गर्नु भएको छ । त्यसबाट आएको ब्याज २५ प्रतिशत कोषमा दाखिला गरी बाँकी रकम उक्त क्याम्परमा अध्ययनरत बिद्यार्थीलाई वर्षमा एक पटक बितरण गरिदै आएको उहाँले बताउँनु भयो ।

निजी ट्रष्टबाटै संखुवासभा क्याम्पस हातामा डबली सहितको मञ्च र गगनचुम्बि आधारभूत बिद्यालय अरुणथानको हाताभित्र ३ कोठे भवन निमककाण गरिएको खत्रीले जानकारी दिए ।

मोरङ जिल्लाको बेलबारीमा सञ्चालन भइरहेको मोरङ नेत्रहिन संघमा “राजेन्द्र बहादुर–अम्बिका खत्री छात्र बृत्ति कोष” एक लख ९ सय ९९ को कोष स्थापना गरी त्यबाट आएको ब्याजको ७५ प्रतिशत रकम विद्यार्थीलाई बितरण गरी बाँकी रकम कोषमै जम्मा गरिदै आएकोमा हाल कोषमा एक लाख तीस हजार भन्दा बढि रकम जम्मा भएको खत्री बताउँनु भयो ।

निजबाट मोरंगको बेलबारी बजारमा २०५०-५२ साल तिर हेल्थ पोष्टलाई ३ कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो । उहाँले प्रदान गर्नु भएको जग्ग्मा हाल बेलबारी नगर अस्पताल सञ्चालनमा छ ।
बेलबारीमै स्वर्गीय छोरी कुमारी यसोदा खत्रीको संझनामा १६ धुर जग्गा नारी बिकास संघलाई निःशुल्क प्रदान गर्नु भयो । सोही जग्गाम बनेको भवनबाट नारी बिकास समबन्धी कृयाकलापहरू संचालन भइरहेका छन ।

फोटो फिचर