एकसठ्ठी बैसठ्ठीतिरको कुरा हो
उ निमुखाहरुको शहरमै फर्फराउंथ्यो
बाक्ला वस्तीहरुको छाना छानामा बास्थ्यो
उरन्ठेउला भुराहरु झुत खेल्थे उस्का पछि
त्यो काग मृदुभाषी थियो
अरु कागहरु भन्दा भिन्न जस्तो लाग्थ्यो।
हो पनि त्यो विशेष लाग्थ्यो।
उ शहर पसेका चितुवाहरुको जस्तै अावाज निकाल्थ्यो।
शहरका ब्वांसाहरुको पनि अावाज निकाल्थ्यो।
उस्को पछि दौडिए उत्तउला छौंडाहरु
अाफ्ने घर अांगनमा अागजनी गरे
अोर् यांई त कति कति
तिनले सनातन संस्कृति विकृत बनाए
तिनले वीर सांधे
प्रेत जगाए
अाफ्नै सभ्यतामा आगो लगाए।
काग सत्ताको धुरी चढ्यो
चितुवाहरु साकाहारी हुन थाले
ब्वासाहरु चितुवा जस्ता देखिन थाले
काग चितुवा र ब्वासाहरुलाई उछिनेर गाउंन थाल्यो।
गरीवका गीत
मुंग्लानेका कथा
विकृतिका गाथा
उढाउन थाल्यो ईतिहासको धज्जी
निकै बाठो छ त्यो
शहरी हुरीवताससंग लय मिलाउन थाल्यो।
समाज त्यतै कुदिरहेको छ।
समाज भांडमा जावस
सभ्यता पुरियोस
असंस्कृति झांगियोस
उस्लाई छु मतलव!!!
बालै छैन ।
समाधान त विचरासंग छंदै छैन
रत्तिभर छैन।
फेरि सत्ताकै धुरीमा चढेर गाना गाईरहेको छ।
उहीँ पुरानो गीत
मुङ्लानेको गीत,समृद्धिको गीत
अब उस्लाई सत्ताको मझेरीमा बस्ने मन छ
चुल्होमै पुग्न मन छ
बाउको पिर्कामा वसेर
कांशको थालमा बिष्ट्याउन मन छ।
यसको अभिलाषा खराव छ
टाउका टाउकामा विष्ट्याउने
अनि शहरमा अशुभ नै अशुभ!!
अब विल्कुलै झुक्किनु हुन्न
यो पनि अरु काग जस्तै बाग हो
सत्ताको धुरीमा मृदुभाषी काग।
केशवराज चाैलागाई
प्रतिक्रिया