भाषिक छुवाछूतबीच कम्युनिष्ट तालमेल

भाषिक छुवाछूतबीच कम्युनिष्ट तालमेल


समयपथ
0
Shares

सत्ताको स्वाद कस्तो हुन्छ र त्यस्को प्राप्तिका लागि राजनीतिक दलले कतिसम्मको हद पार गर्दछन भन्ने कुराको ज्वलन्त उदाहरण यसपालिको नर्वाचनपछि देखिएको छ । राजनीति भनेक केवल सत्ता प्राप्तिको अधार मात्र नभएर समग्र मुलुकको भाग्य भविष्य र सस्कार सिकाउने शिक्षालय पनि हो । त्यही शिक्षालय नै दिशाहीन विवेकहीन भएपछि त्यसले समात्ने गोरेटो कस्तो हुन्छ भन्ने कुरा खोज्न सामान्य साक्षरहरुका लागि पनि कठिन पर्दैन । आफू सकटमा पर्दासम्म सबैको साथ चाहिने र आफू संकटबाट मुक्त हुनेभएपछि कोही नचाहिने किसिमको स्वार्थी चरित्र देखिएपछि त्यस प्रकारको राजनीतिले के शिक्षा दिन्छ के सस्कार सिकाउछ र कस्तो किसिमको प्रणालीको विकास गर्दछ । आफ्ना लागि सहमति गर्दा त्यही विषय त्यही पात्र अद्धितीय हुने अनि आफ्नो सर्दो पुरा भएपछि एकोहोरो शंख फुकेर हिड्ने प्रबिृत्तिले नेपालको अधुनिक राजनीतिलाई बिकृतमात्र होइन राजनीति नबुझ्ने सर्वसाधारणका नजरमा समेत दुर्गन्धित बनाएको छ ।

जनताले दिएको म्यान्डेट एकातिर छ अर्कातिर गतिविधि गर्दै हिडेपछि जनताको नजरमा के छाप पर्ला भन्ने कुराको सामान्य हेक्का नहुने राजनीतिज्ञहरुबाट मुलुकले के अपेक्षा गर्ला भविश्यमा भन्ने बुझाइ नेपालीका हरेक मष्तिस्कमा पुगेको छ जसका कारण सबैको मन कुडिएको मात्र हेइन भत्किएके छ । यहाँ सत्तामा को गयो प्रतिपक्षमा को बस्यो भन्ने विषय प्रधान होइन । सातै प्रदेशमा कसले सरकार बनायो राजनीतिक रुपमा के कति कार्यकर्ता खपत भए भन्ने विषय महत्वपूर्ण हुदैहाइन । सत्ता प्राप्ति राजनीति गर्नेहरुका लागि खहरे जस्तो कुरा हो । कहिले थामिनसक्ने किसिमले उर्लदो भेल आउँछ भने कहिले सुकेर कमिला समेत हिड्न नसक्ने अवस्थामा पुग्दछ । त्यसर्थ एकपटक सत्ता राजनीतिबाट बिमुख हुँदैमा सत्ताबाट वञ्चित हुनेले सबै सकिएको भन्दै निराश हुने वा सत्ता प्राप्त भयो भन्दै खुच्चिङ्ङ शैलिमा उड्फ्रेर डुक्रनु बेकार हुन्छ किनकि सत्ता जहिले पनि अस्थिर कुरा हो । त्यसर्थ अहिले सत्ता ब्यापारलाई अधार बनाएर राजनीतिक दलहरुवीच खिचातानी हुनु वा पारस्पारिक तानातानको अवस्था सिर्जना हँदा कुनैकुरा हारेको छ भने त्यो नेताहरुको नैतिकता पराजित भएको छ ।

देशको राजनितक दिशा पराजित भएको छ । २०७९ मड्सिर ४ गते के निर्वाचनमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनमा मतदान गर्ने मतदाताहरुको मत र विश्वास पराजित भएको छ ।

विगतमा आफ्नै पार्टीको करिब दुई तीहाइको सरकार ढाल्ने र परास्त गर्ने मात्र होइन छदाखाँदाको बलियो र स्थिर सरकार फालेर बपक्षी दलको काखमा रुनेहरु नै दोहोराएर फेरि उही दलहरु मिश्रित सरकारमा सामेल हुनजाँदा त्यहाँ ओली र प्रचण्डबीचको साँठगाँठबाट सरकार गठन मात्र भएको छैन दुइटा अर्ना जुधेर देशलाई भड्खालोमा हाल्ने हुनकि भन्ने जोखिम पनि बढेको छ । नेपालको राजनीतिक इतिहासमा बामराजनीति सदैव गालीगलौजसँग जेडिदै अएको दृष्टान्त प्रति राजनीति बुझ्नेहरु जानकार छन त्यसलाई ब्याख्या विष्लेशण गिररहनु अवश्यक देखिदैन । त्यही कारणले कम्युनिष्टहरु विभिन्न खेमा र झुण्डहरुमा बिभक्त हुँदै अएका छन । त्यो गालीगलौजको श्रृङ्खला थतिबेला माओबादी एकीक्रत समाजबादी एमाले लगायतका कम्युनिष्टहरुवीच मौलाउदै अएको छ । विगत १ वर्षमा कम्युनिष्टहरु वीचमा भएका गालीगलौजको अभिलेख तयार गरेको भए धेरैवटा ठेली तयार हुने अवस्था थियो र अहिले सरकार गठनको एक हप्ताको मिलन हेर्ने हो भने ती सबै अपशब्दका ठेलीहरु कम्युनिष्टहरुको कारणले बनेका नभएर सबै बिपक्षीहरुको षड्यन्त्रबाट उनीहरुको चरित्र हत्या गर्न र कम्युनिष्टहरुको बदनाम गर्न फुटाउन तयार गरेका फण्डा हुन ।

आज ओली र प्रचण्डको मत त मिलेको छ तर विगतमा उनीहरुको मानसपट्टलबाट निस्किएका विकृत गालीगलौजका अधारमा उनीहरुवीचको मन मिलन निकै महगो पर्ला ! एकअर्कावीच हात मिलाउँदा धुनुपर्ने एकअर्काको नामलिँदा मुख कुल्ला गर्नुपर्ने बमन हुने आदि जस्ता सुन्नेलाई समेत तीतो लाग्ने र भाषिक छवाछुतमा उत्रिएका कम्युनिष्टहरु यति चाँडो मिल्लान देशलाई स्थिर सरकार देलान विकास र संमृद्धिको यात्रा पुरा गर्दै संमृद्ध नेपाल सुखी नेपालीको सड्कल्प पुरा गर्लान भन्ने भ्रम यदि कुनै नेपालीले राखे भने त्ये केवल सम्योग मात्र हुनेछ । यहाँ स्पष्टै छ माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एउटै लक्ष्य थियो प्रधानमन्त्री बन्ने केवल प्रधानमन्त्री । उहँलाई गठबन्धनको भन्दा प्रधानमन्त्रीको लालच तिब्र थियो। शेरबहादुर देउबामा समेत प्रधानमन्त्री भैरहने र फरि पनि हुनैपर्ने महत्वाकाड्क्षा हाबी थियो र भइरह्यो । उता नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आफू बिरुद्धमा बनेको गठबन्धन भत्काउनु थियो भत्काए । ओली नजरबाट हेर्ने हे भने उनले जे गरे उनको पाटोबाट ठीक गरे । कक फाइट खेलको नियमले जसरी हुन्छ विपक्षीलाई ढाल्नै पर्छ आफूले जित्न । त्यस मानेमा ओलीले ठीक गरेका हुन । अब दाहालमा दुबैतर्फबाट ढालिने त्रासले अत्मविश्वास गुम्नु र खेलको समयभर टिक्न नसकी मैदान छोडेर बिपक्षीसँगै अत्मसमर्पण गर्न जानु चै आत्मघाती निर्णय हो यो निर्णयले दाहाललाई केहीसमयका लागि न्यानोपन त दिनसक्ला तर नेपाली काड्ग्रेस, एकीकृत समाजबादी, जनमार्चाका मतदाताको मतले पक्कै सराप्नेछ ।

अहिले नेपाली काड्ग्रेसलाई मतदान गरेका मतदाताहरुमा केही नैराश्यता विकास हुनु स्वभाविक हो । अफ्ना नेतालाई मत दिन्छु न भन्दा खबरदारी सहित कारबाही समेत भेगेका आम काड्ग्रेसलाई दाँतमा ढुड्डो भएके छ तर फेरि काड्ग्रेसजनका लागि प्रतिपक्ष यो नै पहिलो पटक होइन त्यसर्थ केहीदिन चिसोपन भएतापनि उनीहरुले यो कुटिल तिगडमको सहजै सामना गर्नेछन । तर, निकट भविष्यमा विगतको जस्तै घट्नाक्रम दोहोरिएर असुरक्षित अवस्थामा पुष्पकमल दाहाल टाउको लुकाउन आए भने देउवा र रामचन्द्रहरु कसरी प्रस्तुत हुनेहुन देशैभरका प्रतिवद्ध र इमान्दार काड्ग्रेसजनहरुले नियालीरहने छन ।

भुपमणि दाहाल