संखुवासभाको चैनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

संखुवासभाको चैनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु


समयपथ
0
Shares

संखुवासभा । चैनपुर नगरपालिका वडा नं. ९ स्थित त्रिशुलेमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

आफ्नै घरमा राखेको मिनी राइस मिलमा करेन्ट लाग्दा कमल बहादुर भण्डारीको छोरा वर्ष २९ को शिव कुमार भण्डारीको मृत्यु भएको हो । मकै पिस्ने क्रममा दिउसो ३ः४० बजे उनलाई करेन्ट लागेको पारिवारीक स्रोतले जनाएको छ ।

उपचारका लागि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र तर्फ लैजादै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक मिलन वस्नेतले जानकारी दिए ।

मोहन कुमार राई