तपचुली सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न

तपचुली सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न


समयपथ
0
Shares

सिन्धुपाल्चोक । तपचुली सामुदायीक कृषि सहकारी संस्था लिमिटेड मेलम्ची १ भोटेचौरको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको एघारौं वार्षिक साधारणसभा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उपप्रमुख प्रधानले नगरभित्र रहेका हरेक सहकारीलाई एकरुपता दिनका लागि आफुले पहल गर्ने बताइन । उनले ऋणका आसमा मात्र नभएर व्यवसायीक भएर धनी बन्नका लागि सहकारीमा लाग्न आग्रह गरिन । उनले कोरोना लगायत विभिन्न विपद्बाट सुस्त भएका सहकारीहरु फेरी सक्रिय हुन थालेकोमा खुसी व्यक्त गरिन । उनले नगरपालिकाबाट सहकारीसँग सम्बन्धी कार्यक्रम बनाउँदा सहकारी शिक्षा सम्बन्धी बनाउने प्रतिबद्धता समेत जनाइन ।

कार्यक्रमको अवसरमा २०७८ सालमा वडा नम्बर १ र २ बाट एसइइमा उत्कृष्ट अंक ल्याउने छात्र र छात्रा प्रतिक चौलागाईं र सलिना चौलागाईं नगद १ हजार १ सयले सम्मान गरिएको थियो । नियमित व्यावसायी गरि उत्कृष्ट कृषक महिला र पुरुष नेत्र बहादुर पौडेल र बिमला बस्ताकोटीलाई पनि १ हजार १ सय नगदले सम्मान गरेको सहकारीका अध्यक्ष विष्णु ढुंगानाले जानकारी दिए । कार्यक्रममा विशेष अतिथि वडा नम्बर १ का अध्यक्ष कृष्णमुरारि चौलागाईंले सहकारी राम्रो हुनलाई सहकारीसँग सम्बन्धित न्युनतम आधारहरु परिक्षण गर्न जरुरी रहेको बताए । गएको बर्ष भन्दा यस बर्ष नाफा दोब्बर भएकाले संस्थालाई धन्यवाद समेत ब्यक्त गरे

कार्यक्रममा जिल्ला कृषि सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौलागाईंले ग्रामिण भेगमा रहेका किसानहरुको अयस्तर माथि उठाउनको सहकारीको भूमिका उल्लेख्य हुने बताए । उनले सहकारी संस्था भनेकै गरिब जनताको र गरिव किसानको भएको दावि गरे । कार्यक्रम मेलन्ची. २ का वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडा , बद्री प्रसाद चौलागाई,जीबन लाल शर्मा पौडेलका साथै जनप्रतिनिधीहरु , पूर्व जनप्रतिनिधिहरू , शिक्षक , सघं संस्थाका प्रतिनिधिहरुको उपस्थितिे थियो ।


रामचन्द्र दुलाल