भक्तपुर। नेपालको प्रशिद्ध र प्राचिन चाँगुनारयण मन्दिरको सचिव स्तरिय निरिक्षण भएको छ । लिच्छविकालिन मन्दिरको बृह्तर विकासका लागि स्थलगत निरिक्षण गरेका हुन ।
चाँगुनारायण मन्दिरको बृह्तर विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले मन्दिरको चौतर्फी विकासमा सघाउ पु¥याउन स्थलगत अनुगमनमा पुगेको सचिव स्तरिय टोलीसँग आग्रह गरेका छन । चाँगुनारायण मन्दिरको बृह्तर विकास गर्ने स्थानीय तहको योजनामा साथ दिन मेयर खत्रीले आग्रह गरेका छन ।
चाँगुनारायण मन्दिरको स्थलगत निरिक्षणमा शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव ईन्जिनियर मणिराम गेलाल, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल,नायव कार्यकारी विकास आयुक्त नवराज प्याकुरेल,काठमाडौं जिल्ला आयुक्त जगदिश लामिछाने, ललितपुर जिल्ला आयुक्त सफल श्रेष्ठ लगायत पुगेका थिए ।
हाल चाँगुनारायण मन्दिरको मर्मत कार्य भइरहेको छ ।
प्रतिक्रिया