काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौं आएकी छन । नेपाल जेम्स एण्ड ज्वेलरी एसोसिएसनले काठमाडौमा आयोजना गरेको फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन अभिनेत्री अरोरा काठमाडौं आएकी हुन ।
नेपाल जेम्स एण्ड ज्वेलरी एसोसिएसनले काठमाडौमा आयोजना गरेको प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुसी लागेको र नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बतइन । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो ।
प्रतिक्रिया