संखुवासभा । चैनपुर-जुनियर रेडक्रस चैनपुर उपशाखा स्तरीय आधारभूत तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
सर्वमंगला आधारभूत विद्यालय रातमाटेमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा नगरको १४ विद्यालय सहभागी रहेको थियो । सहभागी विद्यालयहरु मध्ये शारदा मावि पोखरी प्रथम, जलजला इङ्गलिस बोर्डिङ स्कुल द्वितीय, सिद्धकाली इङ्गलिस बोर्डिङ स्कुल तृतीय र सान्त्वना सरस्वती मावि मैदानीले प्राप्त गरेको शारदा माविका रेडक्रस शिक्षक नायक चन्द्रप्रसाद तामाङले जानकारी दिए ।
प्रतियोगितामा प्रथमलाई रु.२ हजार ५सय, द्वितीयलाई २ हजार र तृतीयलाई १ हजार र प्रमाणपत्र समेत प्रदान गरेको शिक्षक नायक तामाङले बताए । प्रथम हुने टिमलाई अझबढी हौसला प्रदान गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाले थप रु १ हजार प्रदान गरेका थिए । प्रतियोगिता कार्यक्रम सर्वमंगला आधारभूत विद्यालय रातमाटेका जुरेस अध्यक्ष जमुना शेर्पाको सभापतित्वमा भएको थियो ।
माेहन कुमार राई
प्रतिक्रिया