विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज यती एयरलाइन्सले गर्‍याे देशभरको उडान रद्द 

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज यती एयरलाइन्सले गर्‍याे देशभरको उडान रद्द 


काठमाडौँ । दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।