चाँगुनारायण नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्ने

चाँगुनारायण नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्ने


समयपथ
0
Shares

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । विकास,सुशासन र जनहितमा समर्पित हुँदै आएको चागुनारण नगरपालिकाले सिर्जनात्मक रचन्तत्मा र व्यक्तित्व बिसका कार्यक्रमलाई पनि उत्तिकै प्राचमिकता दिदै आएको छ ।

प्रतियोगिता आयोजना गर्न निर्माण भएको व्यबस्थापन एवं निर्देशन समितिका संयोजक तथा नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा नगरपालिकाका प्रशासकीय प्रमुख हिरामणि सुवेदी, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापालगायत सरोकारवाला निकायहरुको सहभागितामा बसेको बैठकले बिभिन्न निर्णय गरेको हो ।

चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयहरुको सहभागितामा हुने प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतियोगितामा सफलतापूर्वक सम्पन्न गर्न गराउन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थापाले ट्यांक एण्ड फिल्ड एवं मार्शल आर्ट खेलका लागि आवश्यक प्रशिक्षक उपलब्ध गराउने र नगरपालिकाबाट प्रस्ताव भएर गएका प्राबिधिक एवं समन्वयकारी भुमिका निर्वाह गर्नु हुने भएको छ ।

त्यस्तै प्रतियोगितामा खेलका इभेन्टहरुमा फोकल पर्सन नियुक्ती गर्ने र खेलको मिति, स्थान तथा समय निर्धारणका लागि समन्वय गरिने भएको छ । प्रतियोगितामा नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका बढी भन्दा बढी सहभागिता गराउन नगरपाकिाको शिक्षा युवा तथा खेलकुद शाखालाई जिममेवारी दिने निर्णय भएको छ ।