वि.सं. २००७ सालका चैनपुर थुमका क्रान्ति नायक कप्तान रत्नबहादुर लिङथेपको जन्म वि.सं. १९५५ मा सङ्खुवासभा जिल्लाको साविक मावादिन गा.वि.स. वार्ड नं. २ र हालको मादी नगरपालिका वार्ड नं. ७ को बाघा गाउँमा भएको थियो । बाबु सुब्बा अगमध्वज र आमा फिपरानी एभेङ थोप्राका एक्ला छोरा कप्तान रत्नबहादुर लिङथेप थिए। उहाँका तीन पत्नीमा जेठी पूर्णवती साम्याङखाम (मावादिन), माइली सुखमाया साङपाङ (दार्जीलिङ) र कान्छी रामवती येहाङ (मावादिन) थिए। उहाँका चन्द्रकुबेर (जेठा), बलकुबेर (माइला) र पूर्णकुबेर (कान्छा) गरी तीन भाइ छोरा अनि गंगादेवी (जेठी), भीमादेवी (माइली) र मेनकादेवी (कान्छी) गरी तीन बहिनी छोरी थिए । उहाँका पिताजी विदेशमा रहँदै गर्दा उतै बितेपछि १० वर्षको उमेरका टुहुरा बालक रत्नबहादुरलाई एक्ली आमाले आफ्नो संरक्षणमा हुर्काउनु भएको थियो । झण्डै बीस वर्षको उमेरमा उहाँ ब्रिटिस इन्डियाको लाहुरे हुनु भएको थियो ।
कप्तान रत्नबहादुरले स्वाध्यायनबाट साधारण लेखपढ गर्न सक्नेसम्मको शिक्षा घरैमा हासिल गर्नु भएको थियो । ब्रिटिस इन्डियाको पल्टनमा भर्ती भएपछि रोमन, नेपाली, उर्दू र हिन्दी भाषा सिक्नु भयो । ब्रिटिस इन्डियन गोर्खा राइफल्समा उहाँ सुबेदारसम्मको पदमा बढुवा हुनुभयो । दोस्रो विश्वयुद्ध सकिनेबित्तिकै रत्नबहादुर सन्. १९४५ मा स्वेच्छाले नै सेवानिवृत्त हुनु भयो । त्यसपछि उहाँ गाउँ फर्केर आफ्नै घरायसी व्यवहार र सामाजिक कार्यमा लाग्नु भयो । सेवानिवृत जीवन गाउँमा नै बिताउने लक्ष्यसहित उहाँ गाउँमा बस्न थाल्नुभयो। त्यतिखेर नेपालमा राणा शासन थियो । राणा शासन इतिहासकै क्रूर, एकतन्त्री, जहानियाँ र सामन्ती राज्य प्रणाली थियो। नेपाली समाजमा अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन जस्ता कुरा विद्यमान थिए। यी सबै कुराको सहन गर्न नमान्दा उहाँ राणा विरोधीका रूपमा दरिनु भयो । कसैद्वारा उहाँ विरुद्ध यसबारे धनकुटा गौंडामा उजुरी परेछ ।
राणाशासन विरोधीका रूपमा म्यादी पुर्जी पठाई धनकुटा झिकाइयो । उहाँलाई बडाहाकिम समक्ष हाजिर भएपछि उहाँलाई खुबै पुछताछ गरियो । उहाँले आफू सामान्य लाहुरे भएको, भर्खरै मात्र गाउँमा बस्न थालेकाले केही मान्छेले आफू उपर आहारिसले उजुर गरेको भन्ने बयान दिएपछि उहाँलाई राणा विरोधी आरोपबाट मुक्त गरिएछ। यस्तो जटिल राजनीतिक परिस्थितिमा आफू गाउँ बस्न अनुकूल नठानेर एकपटक फेरि परदेश लाग्ने सुर कस्नु भएछ। केही दिनपछि उहाँ आफ्ना गाउँलेहरूका साथ लागेर उहाँ आसाम पुग्नुभयो। विदेशी भूमिमा जीवन बिताएको अनुभवलाई उहाँले चिरानी/कटानीतर्फ लगाउनु भएछ । यसरी हरेक सालको हिउँदमा आसाम जाने र बर्षा याममा खेती गर्न नेपाल आउने गर्नु भएछ । यसरी आसाम जानेहरूमा गाउँका थुप्रै बन्धबान्धवहरूका हुलमा स्थानीय बुद्धिजीवी सुब्बा बुद्धिनारायण लिङथेपको पनि सहभागिता रहेको थियो ।
वि.सं. २००७ को बर्खे बाली थन्क्याउन उहाँ आफ्नो घर गाउँ आउनु भएथ्यो, कार्तिक महिनामा आसाम फर्किने सुरमा हुनुहुन्थ्यो, त्यही बेला देशमा राणा शासन विरोधी जनक्रान्तिको लहर उर्लिएर आयो । राणाको एकतन्त्रीय जहानीयाँ शासनले राजा प्रजा दुवैथरी आकुल व्याकुल थिए । उक्त शासनको अन्त्यका लागि सारा नेपाली जुर्मुराइरहेका थिए। नेपाली जनतामा राजनीतिक चेतना बढिरहेको थियो। राजा त्रिभुवन वि.सं. २००७ साल कार्तिक २१ मा भारतीय राजदूतावासमा शरण लिन गए। सोही मौकामा नेपाली काङग्रेसले मुलुकभरि सशस्त्र जनविद्रोहको नेतृत्व थुलु अघि बढायो । त्यसको प्रभाव माझ किराँत र पल्लो किराँतमा पनि नपरीकन छाडेन । पूर्व ४ नं. भोजपुर का प्रजातन्त्र सेनानी नारदमुनि थुलुङ, रामप्रसाद राई र विष्णुप्रसाद राईहरूले मैद स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि जनमुक्ति सेना गठन गर्न थाले ।
यहाँ क्रममा नारदमुनि थुलुङ र पूर्णप्रसाद राईले चैनपुर पारिपट्टि बाघा गाउँका सुबेदार रत्नबहादुर लिङ्क्षेप र चन्द्रबहादुर लिथेपलाई धनकुटा गौंडामा झिकाए । उक्त आपसी भेटघाटमा विचार विमर्श गरी सशस्त्र जनमुक्ति सेना गठन गर्नुपर्छ भन्ने कुराको तय भयो। ऊ बेलाको ब्रिटिस गोर्खा राइफल्समा नारदमुनि जमदार पदबाट भने रत्नबहादुर चाँहि सुबेदार पदबाट रिटायर्ड भएका थिए । नारदमुनि थुलुङका काका हर्कराज, खोटाङका सुबेदार हप्पु गुरुङहरू पनि ब्रिटिस इण्डियन आर्मीमा सँगसँगै काम गरेका हुनाले उहाँहरू बिच निकटस्थ चिनजान रहेको थियो। यी सबैजनाको धनकुटामा गोप्य भेटघाट हुँदा जनमुक्ति सेना गठन गर्न निकै सहज भएको थियो । त्यसै ले उनीहरू सबैजना बीच सजिलै सहमति जुट्न सक्यो । प्रजातान्त्रिक सेनानी नारदमुनि छँदै थिए भने उनैले आफूभन्दा पनि सिनियर अफिसर रत्नबहादुर लिङ्थेपलाई सर्वसम्मतरूपमा मुख्य कमाण्डर भै काम गर्न स्वीकार गरियो । हप्पु गुरुङलाई दोस्रो स्थानका सहायक कमाण्डर र हर्कबहादुर लिम्बू (चित्लाङ, चैनपुर) लाई तेस्रो स्थानमा रहने गरी सहायक कमाण्डर हुन निर्णय गरिएछ । यसबारे ऐतिहासिक जानकारी सोधपुछ गर्ने क्रममा रत्नबहादुर लिङथेपकै नाति इतिहास अनुसन्धाता तथा वंशावलीविद् उत्तमकुमार लिङथेपबाट यसभित्रका धेरै कुरा र ऐतिहासिक तथ्य प्राप्त गरेको हुँ ।
वि.सं. २००७ साल मङ्सिरको हप्तातिर धनकुटामा रत्नबहादुर लिङथेप र नारदमुनि थुलुङहरूसँग भएको भेटघाट अति गोप्य थियो । यही भेटघाटले चैनपुर क्षेत्रको जनमुक्ति सेनाको गठन र सशस्त्र विद्रोहको योजना तय गरियो । यसको केही दिनपछि प्रजातन्त्र सेनानी नारदमुनि थुलुङको आदेशले खोटाङका हप्पु गुरुङ, भोजपुरका विष्णुप्रसाद राई, खगेन्द्र पाराली राईहरूलाई त्यसपछि चैनपुर पारिको बाघा गाउँका रत्नबहादुर लिङथेपका घरमा उहाँलाई नै जनमुक्ति सेनामा कमाण्डर भै काम गर्न नियुक्ति दिएर पठाइयो । त्यसपछि उहाँकै पहलमा जनमुक्ति सेनाका लागि वारिपारि वाना, मैदाने, मादी, तामाफोकदेखिका भूतपूर्व सैनिकहरू डाकी धमाधम भर्ती गर्न थालियो । करिब एक हप्ताको अवधिमा १५० जनाभन्दा बढी पूर्व र ठुटे बन्दुकसमेत लिदै आए उनीहरू । उनीहरूका लागि खानपिन र ब सैनिक जवानहरू भती गरिए । भू.पू. सैनिकहरूका साथमा भएका सिपाही रणबहादुर गुरुङलाई दिइएछ। कवाज खेलाउने, हातहतियार चलाउ वासको प्रबन्ध मिलाउने कामको जिम्मा चाहि हवल्दार पुनाहाङ लिया। कामको जिम्मा सुवेदार विष्णुप्रसाद लिङथेपलाई र बीसबीस जनाको टोलीलाई पङ्क्तिबद्धरूपमा खेतका गरामा उभ्याई विभिन्न सीपहरू सिकाउने कामको जिम्मा चाहिं पूर्व सैनिक पूर्णबहादुर लिङथेप (सुबेदा तुलाराम लिङथेपका बाबु) लाई दिइएछ । कतैबाट दुस्मनहरू आउलान् कि भनी सुराकी र निगरानी गर्नका लागि दूरबिन समेत दिएर खम्बसिंह लिङ र रामजित लिङथेपलाई खटाइएछ ।
वि.सं. २००७ साल मंसिर १४ गते भोजपुरको हेडक्वार्टरबाट पूर्व ६ नम्बर चैनपुर क्षेत्रको जनमुक्ति सेनाको सैनिक कमाण्ड मा सुबेदार रत्नबहादुर लिङ्थेपलाई नियुक्ति गरिएको पत्र बुझाउन दुईजन जवानलाई बाघा पठाइयो। हप्पु गुरुङलाई सहायक कमान्डरमा रही काम गर्न नियुक्ति गरियो । केही दिनपछि नै चित्लाङ्का हर्कबहादुर कम्फे लिम्बूलाई पनि दोस्रो सहायक कमान्डरमा रही काम गर्न नियुक्ति गरियो । त्यसपछि कमान्डर रत्नबहादुरद्वारा बाघाका सुबेदार विष्णुप्रसाद लिङथेप, हवल्दा पूनाहाङ, हवल्दार पूर्णबहादुर लिङ्थेप, ओपी खम्बसिंह लिड्थेप, सिपाह रणबहादुर गुरुङ, सिपाही पहलमान तामाङ, फाबिङ्का राइटर नरसिंहबहाद फाबेन फागो, बहिदार नरबहादुर फाबेन फागो, धनबहादुर फागो, मनबह फागो, आदि पूर्व ब्रिटिस सैनिक जवानहरूलाई धमाधम भर्ती गर्ने कर भयो । मावादिनका ओली देवान कार्यालय सहयोगीमा नियुक्त भए। सबै प्रकारका नियुक्ति र कामको बाँडफाँड गर्ने पूर्ण जिम्मेवारी कप्ता रत्नबहादुर लिङथेपलाई नै दिइएको थियो ।
यसप्रकार वि.सं. २००७ सालक राणाशासन विरुद्धमा जनक्रान्तिको अगुवाइ गर्ने कामको श्रेय वास्तवमा बाघ निवासी क. रत्नबहादुर लिङथेपलाई नै जान्छ । प्रजातान्त्रिक योद्धा नारदमुनि थुलुङ र रामप्रसाद राईहरूको नेतृत्वमा पूर्वी नेपालमा भएको राणा विरोधी जनक्रान्तिको आधारभूमि थलो भनेको भोजपुर हो। उनीहरूकै निर्देशन र योजनानुसार वि.सं. २००७ मङसिर २४ गते भोजपुर कब्जा भयो । त्यसपछि लगत्तै दिङ्लालाई कब्जा गर्न दोर्जे तामाङलाई टोली प्रमुख बनाएर पठाइयो। सोही टोलीले दिङ्लालाई सहजै आफ्नो कब्जामा लियो ।
जनकान्तिका नायक नारदमुनि थुलुङद्वारा चैनपुर निवासी प्रजातन्त्र प्रेमी समर्थकहरू मदनप्रसाद श्रेष्ठ, शङ्करप्रसाद श्रेष्ठ, शेरबहादुर श्रेष्ठहरूलाई एक पत्र लेखिएको थियो । उक्त पत्रमा बाघा निवासी रत्नबहादुर लिङथेप लाई चैनपुर कब्जा गर्ने उद्देश्यले मुक्तिसेनाको सङ्गठन, परिचालन र सञ्चालन गर्ने कामको जिम्मा दिइ सकिएको, उहाँलाई नै कमाण्डर भै काम गर्ने नियुक्ति समेत दिइ सकिएको र त्यहीं मुक्तिसेना भर्ना गर्नेदेखि लिएर सैनिक तालिम गर्नेसम्मको कार्य निजबाट भैरहेकोले निजसँग सम्पर्क राखी चैनपुर कब्जा गर्ने काममा साथ सहयोग गर्नुहोला भन्ने आशयको पत्र लिएर मुक्तिसेनाको १२/१५ जवान सम्मिलित एक टोली चैनपुरतर्फ आएको थियो । टोलीका नायक थिए, जगतबहादुर बार्ता (शाक्य भरतकुमार पृ. २१:२०५६) थिए । चैनपुरमा थोरै सङ्ख्यामा भएका सैनिक जवानमात्रले मेजरपाटीमा राणापक्षका सैनिक र हातहतियार विरुद्ध आक्रमण गर्नाले सफल हुन सकिदैन भन्ने बुझेपछि चैनपुरका प्रजातन्त्रप्रेमी मदनमोहन र वीरेन्द्रकुमार श्रेष्ठ २ जनालाई नारदमुनिसित अन्य थप सैनिक जवान र हातहतियारको मद्दतका लागि भेट गर्न दिङ्लातर्फ पठाइयो । त्यही बेला रातको समयमा केही मुक्तिसेनाका १२/१५ जना र अन्य केही भै मद्यपान समेत सेवन गरी मेजरपाटीमा रहेका सेना प्रमुख पुण्यविक्रम र उनका साथमा रहेका सशस्त्रधारी उपर जाइ लागे । तर पुण्यविक्रमले गोली हान्ने आदेश दिएपछि तिनीहरू नभागी धरै भएन। यो नै थियो, चैनपुर कब्जा गर्न खोजिएको पहिलोपल्टको आक्रमण प्रयास ।
चैनपुरमा घटेको यो दुर्घटना सुनेपछि कप्तान रत्नबहादुर लिथेप नेतृत्वको जनमुक्ति सेनाको टोली चैनपुर कब्जा गर्ने हिसाबले बाघादेखि अघि अगाडी बढ्यो। मेजरपाटीमा पुण्यविक्रमको राणा फौजमाथि आक्रमण पहिलोचोटिको खबर देशभर सनसनी फैलियो। त्यसैले पुण्यविक्रमको सैनि टोली बचाउन र चैनपुरलाई कब्जा हुनबाट रोक्ने अभिप्रायले धनकुटाब एकजना अभिदल भुजेलको नेतृत्वको एउटा राणा फौज चैनपुरतर्फ आयो। उक्त टोली मादी विर्ताका मुखिया श्रीप्रसाद दाहालको घरमा निस्की खानपान गरी एउटा सेतो घोडासमेत साथै लिई इम्लुङ-किलिसलपी हुँद खोला तरी तीनखोप्रे रातमाटे हुँदै सिद्धकालीतर्फ उक्लियो । आसपासका क्षेत्रमा लुटपाट गर्दै चैनपुरतर्फ गैरहेको उक्त राणा पक्षको टोलीलाई चैनपुर पस्न नदिई छेक्न भनेर कमाण्डर क. रत्नबहादुर, सहायक कमाण्डर हप्पु गुरुङ र हर्कबहादुर लिम्बू सहितको करिब डेढसय सङ्ख्याको प्रजातान्त्रिक सेनाको फौज लामाचौरमा तैनाथ थियो । चैनपुरभन्दा माथिको चुलीडाँडामा धनकुटादेखि आइपुगेको उक्त राणा फौजको टोली प्रमुख अभिदल भुजेलको नेतृत्वमा अघि बढ्दैछ भन्ने कुरा कप्तान रत्नबहादुर लिङथेपलाई अवगत भयो । रत्नबहादुर र अभिदल अघि सँगसँगै ब्रिटिस सेनामा रही काम गर्दाका सहयोद्धा थिए। त्यसबेला रत्नबहादुर सुबेदार पदमा रहेका तर अभिदल भने तल्लो सैनिक पदमा रहेका हुनाले दुवैबिच राम्रो साथीत्वको सम्बन्ध पनि हुनाले अभिदललाई सम्झाइ बुझाइ गरी ते शिथिल पार्न सकिन्छ कि भने अभिप्रायले क. रत्नबहादुर लिङ्थेपले आफूसँग भएका सहायक कमाण्डर हप्पु गुरुङ र हर्कबहादुर लिम्बूसित रायसल्लाह लिंदा शत्रुपक्ष कदापि आफ्नो हुन सक्तैन भनेपछि उनीहरूको सल्लाहमुताविक वार्ताको उद्देश्य रद्द गरियो । युद्धको मैदानमा उहाँकै नेतृत्वको उक्त फौजी टोली र राणापक्षीय फौजबीच गोली बारुद पड्कन थाले । दुवै पक्षबाट गोली हानाहान हुन थाल्यो। अभिदलको नेतृत्वको फौजी टोलीको सानो सङ्ख्या थियो । हातहतियार र रसद पानी आदिको व्यवस्थापन पनि कमजोर भैरहेको अवस्थामा चैनपुर पट्टिको मुक्तिसेनाले एकोहोरो गोला बारुद बर्साइरहेपछि अभिदलको एउटा हातमा गोली लागी औलो नै भरेछ । त्यसपछि अब बाँच्न सकिदैन भन्ने डरले अभिदलको फौजी टोली सेतो घोडा त्यहीं छोडेर कुलेलम ठोकेछ । उक्त कुरा कप्तान रत्नबहादुर लिङ्क्षेपतर्फको मुक्तिसेनामा एकजना लडाकुका रूपमा रही सामेल भएका उहाँकै नितान्त मीतज्यू रत्नबहादुर खड्का (मादी) पनि हुनुहुँदो रहेछ । उहाँले आफ्ना छोरा रामबहादुर खड्कालाई बताएको उक्त कुरा रामबहादुरद्वारा लेखकलाई जानकारी भएको हो ।
क. रत्नबहादुर लिङथेपको अगुवाइको मुक्तिसेनाले अभिदलको फौजलाई लखेट्न सफल भएपछि तुरुन्तै चैनपुरको मेजरपाटीमा आई पुण्यविक्रमको कमाण्डिङमा बसिरहेको राणापक्षीय फौजमाथि आक्रमण सुरु गयो । मेजरपाटीभित्र रहेको राणापक्षीय फौजी दस्ता पनि सानो सङ्ख्यामा भएको र तिनका साथमा गोली गठ्ठा, ग्रिनेट, बन्दुक आदि पनि यथेष्ट नभएका कारणले पुण्यविक्रमले बाहिर निस्केर दोहोरो भीडन्तमा लाग्नु बुद्धिमानी ठहराएन, बरु आत्मसमर्पण गर्नु नै उपयुक्त ठान्यो । वास्तवमा तत्कालीन जिल्ला प्रमुख पुण्यविक्रमले आफ्नो साथमा भएका बन्दुक, गोली, ग्रिनेट, पेस्तोल आदि तत्कालीन चैनपुरका प्रधानपञ्च लक्ष्मीप्रसाद नेउपाने र उपप्रधानपञ्च शेरबहादुर श्रेष्ठलाई डाकी सहज ढङ्गले जिम्मा लगाइदियो ।
यसप्रकार चैनपुर कब्जा गर्ने उद्देश्यले क. रत्नबहादुर, सहायक कमाण्डर हप्पु गुरुङ र हर्कबहादुर लिम्बुहरूको सक्रियतामा चैनपुर कब्जा भयो मङ्सिर २६ गते । भोजपुरबाट आएको मुक्ति सेनाको राजनैतिक कमाण्डरमा मुक्तिप्रसाद चापागाईं, सेमन्तराज अधिकारी, खगेन्द्र पाराली राईलगायत चैनपुरका प्रजातन्त्रप्रेमी परिवर्तनकारी व्यक्तित्वहरूको पनि यसमा साथ सहयोग रहेको थियो ।
चैनपुरको ऐतिहासिक विजयले कान्तिकारीहरूको मनोबल उच्च हुन गयो । जताततै खुसीयाली मनाइन थाल्यो । जनमुक्ति सेनाको चैनपुरमा भव्य स्वागत भयो । रत्नबहादुर लिङथेपलाई कप्तान दर्जा थप गरी उहाँको मातहतमा सहायक कमाण्डर दिई सैनिक सगठन गर्ने कामको जिम्मा मात्र नभै चैनपुर विजयपछि पौष २ गते जिल्ला प्रशासक र कतिपय प्रशासनिक कामको समेत जिम्मेवारी दिइयो। उहाँले आफू प्रशासक भएको नाताले त्यो बेला प्रजातन्त्र समर्थक व्यक्तिहरूलाई छनौट गरी विभिन्न पद प्रदान गर्न मालपोतमा बमप्रसाद राई, न्यायालय प्रमुखमा धननारायण लिम्बू आसिकरण लिम्बूलाई डिठ्ठा, चैनपुरका जयबहादुर अधिकारीलाई राइटर, वानाका रुद्रनाथ रेग्मी र लवहाङ राईलाई विचारी र फाबिङका नरसिंहबहादुर लिम्बुलाई पनि राइटर पदमा नियुक्ति गर्नुभयो । यस प्रकार एकतन्त्रीय जहानियाँ र शासनको जुवा उतारेर चैनपुर क्षेत्रका जनतालाई प्रजातन्त्रको स्वाद दिलाउने अत्यन्तै महत्त्वपूर्ण काम जनमुक्ति सेनाले गरेको थियो ।
वि.सं. २००७ सालमा नेपाली काङ्ग्रेस देशका विभिन्न क्षेत्रमा राणाशासन अन्त्य गर्ने उद्देश्यले सशस्त्र क्रान्ति अघि बढायो, मुक्ति सेना गठन गयो । तर त्यही मौका छोपेर राणापक्षका मतियारहरूले नेपाली काङ्ग्रेस गराउने अभिप्रायले देशका विभिन्न भागमा सशस्त्र आन्दोलनको बद्नाम लुटपाट र आतङ्क मच्चाउन थाले । यस क्रममा मादीविर्ता, चित्लाङ, चैनपुर, ताप्लेजुङ आठराई पनि आतङ्कित परिस्थितिबाट अछुतो रहेनन् । मादीविर्तामा यस किसिमको आततायी घुसपैठ कसैबाट हुन नदिनका लागि बाघाका क. रत्नबहादुर लिङथेप, बुद्धिनारायण लिङथेपहरू र मादी रैकरका लाखबहादुर देवान ( दुर्गामणिका बाबु) र मझिया मानबहादुर जिमीले नै कवचको रूपमा रहेर यसको रोकथामको काम गर्नु भएको थियो भन्ने मैले सुनेको हुँ। यसरी समाजमा मेलमिलाप कायम गरी बन्धुत्वको भावना राखी बस्नुपर्छ भन्ने क. रत्नबहादुरको अटल विश्वास थियो र सुझबुझ पनि ।
छिमेकी गाउँ समाज र समुदायबीच शान्ति सुव्यवस्था, मेलमिलाप र आपसी सद्भाव भैरहनु पर्छ भन्ने उहाँको भित्री इच्छा थियो । यसका लागि उहाँले विभिन्न ठाउँका मान्छेसित मीतेरी सम्बन्ध गाँस्नु भएको थियो, जस्तो मादीविर्ताका दाहालहरूसित राम्रो सु-सम्बन्ध कायम राखिरहनका लागि सीताराम दाहालसित बाहाँ जोडी मीत लगाउनु भएको थियो भने मादी रैकरका रत्नबहादुर खड्कासित पनि उसै गरी बाहाँ जोडी मीत लगाउनु भएको थियो। यसैगरी उहाँले चैनपुरका राइटर जयबहादुर अधिकारीसित पनि मीत लगाउनु भएको थियो । यस अर्थमा हेर्दा उहाँमा कूटनीतिक क्षमता र दूरदर्शिता रहेछ भन्न सकिन्छ । यसरी उहाँ समाजसेवी, समाज सुधारक व्यक्ति हुनुहुँदो रहेछ भनी सहजै अड्कल काट्न सकिन्छ ।
उहाँले आफ्नो गाउँ क्षेत्रदेखि वारिपारिसम्म विभिन्न सामाजिक भलाइका निकै उपयोगी काम गरेको देखिन्छ । १) चैनपुरदेखि मिल्केडाडाँसम्म बाटो खनाएको । २) चैनपुर-पोखरीदेखि मयम चित्लाङ नुनढाकी हुँदै चाँगे -ताप्लेजुङ) सम्मको बाटो खनाउँदा श्रमदान दर घटाएको । ३) किपटिया दाजुभाइहरूबाट परम्परागतरूपमा उठाउने भारा, ठेकीबेठी, कोसेलीपात (दशैँमा सिसार लिएर जाने) को प्रचलनको कटौती गरेको । ४) चैनपुर बजार को टुँडिखेल सम्याउन आफ्नो मौजाबाट श्रमदान जुटाएको । ५) बाघाको मेहेले फेदी पिलुवा खोलामा चैनपुर जाने काठे साँघुको निर्माण गराएको । ६) बाघाको धर्मदेवी मन्दिरको स्थापनामा अगुवाइ गरेको र आफ्नै नाउँको पित्तलको घण्ट चढाएको । ७) बाघादेखि तेहथुम जाने कागते-देउराली- धनपोखरी- मङ्गलबारेसम्म जाने बाटोको लागि जनश्रमदान जुटाएको । ८) वि.सं. २००९ सालमा भारतीय एक्ससर्भिस म्यानका छोराछोरी पढाउनका लागि स्थानीय बुद्धिजीवी तथा समाजसेवी सुब्बा बुद्धिनारायण लिङ्थेप समेतको सहभागितामा बाघामा ‘एक्ससर्भिसमेन हाइअर प्राइमरी स्कुल’ को स्थापना गराएको र आज सोही विद्यालय जनता माध्यमिक विद्यालयको नामबाट कक्षा १० सम्म सञ्चालित रहेको । ९) वि.सं. २०१३ सालतिर मादीको डबलेमा (हालको गणेश प्रा.वि.) र यासिजुङ – ( हालको याङसिजुङ प्रा.वि.) प्राइमरी स्कुलहरू स्थापना गराएको र ती दुवैका निम्ति आवश्यक शिक्षकको तलब भत्ता आदि इन्डियन एक्स-मिलिट्री पेन्सन पेइङ अफिस पूर्णियाबाट प्राप्त हुने व्यवस्था मिलाएको ।
वि.सं. २०१५ सालको आम चुनावमा धनकुटा क्षेत्र नं. २२ का नेपाली काङ्ग्रेसका संसदीय उम्मेद्वार लीलानाथ दाहाललाई जिताउन कप्तान रत्नबहादुर लिङथेपको सक्रिय सहयोग रहेको थियो । वि.सं. २०१७ राजा महेन्द्रबाट राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि स्थानीयमा हुने प्रधानपञ्च पदको निर्वाचनमा पनि उहाँले नेकाकोतर्फबाट उम्मेदवार गर्नुभएको रहेछ तर पञ्चायत विरोधी उम्मेद्वार भएकाले उहाँको हार भएछ । उहाँको देहावसान हुनु अघिसम्म उहाँ नेपाली काङ्ग्रेस जिल्ला कमिटिक सदस्य रहिरहनु भएको थियो । त्यस्तै वि.सं. २०२९ देखि २०३७ सालम उहाँका कान्छा छोरा पूर्णकुमार लिङथेप प्रतिबन्धित नेपाली कांग्रेसको जिल्ला कमिटी सदस्य हुनुहुन्थ्याे । वि.सं. २०३७ सालमा स्थानीय बुद्धिजीवी ठकुरसिंह लिंथेपलाई पूर्णकुमार लिंथेपले आफ्नाे स्गानमा नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरी परिवारप्रति पार्टिले सम्मान प्रकट गरेको देखिन्छ । वि.सं. २००८ सालम मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि क. रत्नबहादुरलाई चैनपुरको जिल्ला प्रशासक पदबाट हटाइएछ तर मुलुकमा प्रजातन्त्र ल्याउन उहाँले पुऱ्याएको अदम्य साहस, वीरता र योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले उहाँलाई गोरखा दक्षिणबाहु पदवीबाट समेत विभूषित गरेको देखिन्छ । यी सम्पूर्ण उहाँले गर्नु भएका कामको सबैजसो विवरण नयाँ अनलाइन पत्रिका (नोभेम्बर २३, २०२१) बाट साभार गरेको हुँ ।
चैनपुर कब्जा गरिसकेपछि क. रत्नबहादुरको कमाण्डिङम तेहथुमलाई कब्जा गर्नका लागि उक्त मुक्तिसेनाको सिङ्गो टोली त्यसतर्क लाग्यो । तेह्रथुम सदरमुकाम सहजै विजय भयो । सुरुमा सोही मुक्तिसेनाम प्रतिबद्ध योद्धाहरू मध्येका एकजना लप्टन गजेन्द्रबहादुर तुम्बाहाङफेला तेह्रथुमको राणापक्षीय फौजले आफ्नो पक्षमा लिइसकेको रहेछ । उसले चैनपुरबाट आएका मुक्तिसेनाको टोलीमाथि एक्कासि आक्रमण गर्यो। आक्रमणबाट जनमुक्ति सेनाका सिपाही रामजित लिङथेपलाई गोली लाग्यो उनी ठाउँको ठाउँ मारिए । उनी नै सङ्खुवासभाका प्रथम सहिद कहलिन्छन् त्यसपछि उक्त टोली तितरबितर भै फियो । अर्कोचोटि पुनः क. रत्नबहादुरकै कमाण्डिङको जनमुक्ति सेनाले दोस्रोपटक तेह्रथुममाथि आक्रमण गरी वि.सं. २००७ साल माघ ९ गते तेह्रथुम कब्जामा लियो । राणा शासक/प्रशासकहरू त्यहाँबाट लखेटिए । यसरी चैनपुरमात्र होइन तेहथुमलाई पनि कब्जा गर्न उहाँ सुसफल हुनु भएकोले उहाँलाई २००७ सालका एकजना सशक्त राजनीतिक योद्धा हुन् भन्न हिच्किचाइरहनु पर्दैन ।
स्व. कप्तान रत्नबहादुर लिङथेपलाई एक अथक कान्तिकारी योद्धा, जनमुक्ति सेनाका कमाण्डर, नेपाली काङ्ग्रेसका धरोहर भनेर मात्र पुग्दैन। उहाँ राजनीतिक योद्धा, समाजसेवी, समाज सुधारक एवम् शिक्षाप्रेमी व्यक्तित्व एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा पनि हुनुहुन्थ्यो । उहाँको वि.सं. २०२५ सालमा सत्तरी वर्षको उमेरमा निधन भयो। उहाँले विदेशी भूमिमा वर्षाैं बगाउँदा उब्रेको रगत र पसिना आफ्नो मातृभूमिमा पनि खर्च गर्नुभयो । देशले माँगेको परिवर्तन र जनताले दिएको विश्वासलाई आफ्नो जीवनलाई दाउमा राख्दै कान्तिको ज्वाला बालेर पूरा गर्नुभयो । आफ्नो मातृभूमिले उहाँलाई जुन किसिमको जिम्मेवारी सुम्पिएको थियो, त्यसलाई उहाँले प्रमुख कर्तव्य ठानेर पूर्णरूपमा पूरा गर्नुभयो । विडम्बना नै भनौं यस्ता महान् व्यक्तित्वको राज्यपक्ष र सात साले कान्ति र परिवर्तनको वाहक नेपाली कांग्रेस समेतले उहाँ र उहाँको राजनीतिक पीडित परिवारजनप्रति गर्नुपर्ने उचित कदर र सम्मान भने गरेको देखिदैन । उहाँबारे थप जानकारी सङ्कलन तथा अनुसन्धान गरेर जीवनवृत्त जनसमक्ष ल्याउन सकेमात्र पनि उहाँप्रति उहाँको सम्मान गरेको ठहर लाग्नेछ । अन्तमा, यस्ता देशका रत्नरूपी बहादुर योद्धा रत्नबहादुर लिङथेपप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली अर्पण नगरी कसरी रहन सकिन्छ र !
संखुवासभाका २७ राजनीतिक याेद्धाहरु
-ऐतिहासिक जीवनीबाट-
प्रतिक्रिया