नमर्ने इरादा छ प्राणी जुनैमा
सधैँ बाँचिराखूँ नभन्ने हुँदैन।
कुनै प्राण प्याराे मरूँ भन्छ काे र?
नहाेस् ज्यान जाओस् भनी भन्छ काे र?।१।
परेवा जुरेली भँगेरी पँधेराे
झिँगाे भ्यागुताे वा गँबाराे चमेराे।
जुनै त्रासमा भै नपर्ने नगीचै
बचाऊँ जुनी याे तलासी छ जैल्यै।२।
परैबाट च्याई कतै भाग्छ अाहा
डरै काल कस्ताे मरूँ छैन चाह।
छ याे देह प्याराे सधैँ हुन्छ माेह
डराएर टाढा हटे स्पन्द द्राेह।३।
यहाँ प्राण कस्का रहे त्राण कस्का?
छुरा अङ्ग छाला रहे घ्राण कस्का?
खसाेखास खाेस्राे खियाैटाे छ प्राणी
खँलाती झिटी श्वास याे जिन्दगानी।४।
नबाँचाैँ मराैँकाे इरादा छ कस्मा?
मरूँ मर्न गा-हाे छ तृष्णा हियामा ।
सधैँ त्रास भाेगाउने चाल कस्काे?
नसक्ने नजाेगाउने पाल कस्ताे?
————०००———-
मादी, सङ्खुवासभा
हाल: लाेकन्थली,भक्तपुर।
प्रतिक्रिया