१,
केटा: लगाएथेँ
अँगालोमा माया
किन माया कपटी ?
केटी : बुझेर मात्र
मन साट्न खोजेको
जीवन सुखमय ।
२,
केटा : अचम्म लाग्छ
जालझेल अँगाली
ठुलो बन्न खोजेको ।
केटी : क्षणिक बन्दा
खहरे खोला झैँ
इज्जत तलमाथि ।
३,
केटा : बेइमानीले
समाज नै बिगार्यो
कस्तो होला दैनिकी ?
केटी : शङ्का नै हो
मति भ्रष्ट हुँदामा
हत्या – हिसा बढेको ।
४,
केटा : गर्मीले हप्प
निसासिदै बसेको
बाँच्नलाई मुस्किल !
केटी : शीतल खोज्दै
छहारी रोप्न पुग्दा
मन बन्यो फुरुङ्ग ।
५,
केटा : सम्बन्ध तोड्दा
लथालिङ्ग जीवन
खोजिहिडे गोरेटो ।
केटी : रिस गरेमा
एक्लो मन भौतारी
चारैतिर अँध्यारो ।
६,
केटा : वर्षाको भेल
तर्नलाई खोजेको
आँट गर्न सकिन्छ ?
केटी : बुझेर मात्र
ठम्याउनु गन्तव्य
आईपर्ला समस्या ।
प्रतिक्रिया