गजल

गजल


समयपथ
0
Shares

रहरको जुत्ता र मोजा फगत नमुना हो।
चप्पल लगाएको छु,नभएको तुना हो।

बा!किन हाम्रो घरसम्म न्यानो आउँदैन?
बाबु सिरक नपुग्ने भनेकै छेउ कुना हो।

ढोकामा स्वागत गर्दागर्दै गयो जिन्दगी,
यति सोचिएन जिन्दगी पनि पाहुना हो।

टपरी जस्ता ठुला रहेछन् यी दु:खहरू,
लाग्यो खुसी भनेको स-साना दुना हो।

आमा!घर हेर्दै ब्याजले साउँलाई भन्छ,
गारो बाँकी नै छ उक्किएको त चुना हो।