जिल्लाको साविक मावादिन गा.वि.स. वार्ड नं. २ र हालको मादी न.पा. वार्ड नं. ७ बाघामा मोतीराज लिङथेपका एक मात्र छोरा रामजित लिङ्थेपको जन्म लगभग वि.सं. १९६२-६५ ताका भएको अड्कल गर्न सकिन्छ। उहाँको मावली याशोक रानीगाउँ पाँचथरतिर थियो। रामजितका टीकाबहादुर जेठा र देशबहादुर कान्छा गरी दुई भाइ छोरा थिए भने धनकुमारी जेठी र जीतकुमारी कान्छी गरी दुई बहिनी छोरी थिए ।
एकतन्त्रीय निरङ्कुश पारिवारिक शासनको अन्त्यका लागि १९९७ सालदेखि नै थुप्रै नेपाली युवाहरूले आफ्नो ज्यान गुमाउन थाले। जतिसुकै दमन र उत्पीडनमा राखेर शासन गर्न खोजे पनि स्वतन्त्र भै बोल्न र बाँच्ने चाहना मानव जाति बन्धनमुक्त भएर नै जिउन चाहन्छ । २००७ सालमा राणाशासन विरोधी लहर उराल्ने पहिलो शक्ति भनेकै नेपाली काङ्ग्रेस थियो। उसैको अगुवाइमा मुलुकका मुख्य मुख्य केन्द्र र शहर-बजारतिर पनि राणा विरुद्धका विभिन्न सैनिक मोर्चा र मुक्तिसेनाहरू गठन हुन थाले । पूर्व ४ नं. भोजपुरको छिनामखुका नारदमुनि थुलुङलाई प्रजातन्त्र सेनानीको रूपमा अगुवाइ गर्न र मुख्य मुख्य ठाउँ कब्जा गर्ने जिम्मेवारी नेपाली काङ्ग्रेस पार्टिले नै दिएपछि रामप्रसाद राई, विष्णुप्रसाद राईहरू मिलेर मुक्तिसेना गठन, परिचालन गर्दै दिङ्ला, चैनपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, जस्ता ठाउँहरूलाई कब्जा गर्ने र राणाशासनको अन्त्य गर्ने कार्य अघि बढ्यो । यस क्रममा ब्रिटिस इन्डियाको सेनामा सेवारत भै अवकाश प्राप्त पूर्व सैनिकहरूसित सम्पर्क गरी मोर्चाबन्दी गर्ने नीति र आक्रमणको रणनीति लियो काङ्ग्रेसले । बाघाका सुबेदार रत्नबहादुरलाई झिकाई धनकुटा गौंडामा बसी चैनपुर कब्जा गर्नेबारे अति गोप्य सल्लाह गरेपछि आफ्नो बाघा गाउँमा फिरौ उहाँले वाना, मैदाने, तामाफोक, मादी, चैनपुर, फाबिङ जस्ता गाउँ र वारिपारी तिरबाट गाउँघरमा सेवानिवृत्त भै बसेका सैनिक जवानहरूलाई आफ्नो घर गाउँमा डाकी धमाधम मुक्तिसेनाको गठन गर्न र तिनलाई तालिम प्रशिक्षण दिन थाल्नु भो । कसैले खानपिन र सुत्ने बस्नेको प्रबन्ध मिलाउनु पर्यो भने कसैले कवाज खेलाउने, कसैले हात हतियार चलाउने, कसैले युद्धकला सिकाउने जस्ता काम गर्नु पर्यो । चैनपुरको क्रान्ति सफल पार्न राजनीतिक कमिसारका रूपमा पूर्णप्रसाद राई र खगेन्द्र पाराली राई, मुक्तिप्रसाद चापागाईं आदिलाई भोजपुरको प्रजातान्त्रिक हेड क्वार्टरबाट पत्र प्राप्त भएको थियो भने सेनाको कमाण्डरमा सुबेदार रत्नबहादुर लिङ्थेपलाई कप्तान पदमा बढुवा गरी नियुक्ति प्राप्त भएको, सहायक कमाण्डरमा हप्पु गुरुङ र हर्कबहादुर लिम्बूलाई नियुक्ति गरिसकेपछि बाघामा धमाधम मुक्तिसेनामा भू.पू. सैनिकहरू डाकिए ।
यसरी डाकिएका पूर्व सैनिक मध्ये एक जना बाघा निवासी रामजित लिड्थेप पनि हुनुहुन्थ्यो । उहाँलाई त्यहाँ भर्ती भएका सैनिकहरूलाई तालिम दिने र युद्धकला सिकाउने सिलसिलामा एउटा दुरबिन समेत दिएर साथी खम्बसिंह लिङ्थेप समेत दुईजना भै कहीं कतैबाट राणा पक्षको फौजी आक्रमण गर्न आउला कि भन्ने कुराको रेखदेखका लागि सिपाही रामजितलाई तैनाथी रहन खटाइएको थियो । यसरी रामजित जनमुक्ति सेना भै रही सक्रियतापूर्वक काम गर्ने एकजना सशक्त योद्धा मानिनुहुन्थ्यो ।
केही सीमित व्यक्तिहरूले मात्र पुण्य विक्रमको नेतृत्वमा चैनपुरको मेजरपाटीमा पहिलो चोटि आक्रमण गरेकाले उक्त कार्यक्रम असफल भयो । पछि चैनपुरलाई मुक्ति सेनाले कब्जा गर्दैछ भन्ने सुनी तेह्रथुमदेखि अभिदल भुजेलको नेतृत्वमा चैनपुरको मुक्तिसेनासँग युद्ध गर्न आएको उक्त टोलीलाई लामेचौरबाट चैनपुरतर्फ छिर्नै नदिने गरी क. रत्नबहादुर लिङ्थेपको नेतृत्वको मुक्ति सेना अग्रसर भै अगाडि बढ्ने क्रममा पनि निज रामजित लिङ्थेप उक्त फौजको साथमा नै रही युद्धमा सामेल हुनु भएको थियो । अभिदलको फौजी सेनाले मुक्ति सेनासँग युद्ध गरी अघि बढ्न नसक्ने बुझेपछि उक्त राणा पक्षीय टोली रातारात त्यहाँबाट लुकिछिपी तेहथुमतर्फ फिरेछ ।
त्यसपछि मुक्तिसेनाका त्यसपछि कमाण्डर क. रत्नबहादुर लिङ्थेप र सहायक कमाण्डरहरू सहितका मुक्तिसेना पुण्यविक्रम बसेको मेजरपाटीतर्फ प्रस्थान गर्यो । मुक्तिसेना आपसी युद्ध लड्ने तम्तयारी र ठूलो सङ्ख्याको उपस्थिति देखेपछि अ पुण्यविक्रमले आत्मसमर्पणको बाटो नै रोज्यो । यसक्रममा पनि रामजित लिङथेपको मजबुत र घनिभूत सक्रियता रहेको मानिन्छ। यसरी मसिर २६ गते चैनपुर कब्जाको कार्य सुसफल भयो ।
त्यसको लगत्तै भोलिपल्ट तेहथुम कब्जा गर्ने उद्देश्यले चैनपु जनमुक्ति सेनाका कमाण्डर र चैनपुरका सैनिक प्रशासक कप्तान रत्नबहादु लिङ्क्षेपको अगुवाइको सिङ्गो सैनिक जवानहरूको टोली (लगभग १५० सय तेहथुमतर्फ लाग्यो । साथमा सहायक कमाण्डर हप्पु गरुङ, हर्कबहाद लिम्बुहरू पनि सँगसँगै थिए। बाघाका चन्द्रबहादुर, पूर्णबहादुर, दिङ्लाका मुक्तिप्रसाद चापागाईँसहित ठूलो सङ्ख्यामा गएको फौजी टोलीमा रामजन लिङ्थेपसमेत सँगसँगै हुनुहुन्थ्यो । पहिले प्रजातन्त्र सेनानी नारदमुनि थुलुङ रामप्रसाद राई, विष्णुप्रसाद राईहरू र बाघाका रत्नबहादुर लिङथेप सँगसँग भै ‘धनकुटा गौंडामा मुक्तिसेना गठन गर्न गरिएको गोप्य सल्लाहबमोजिम तेह्रथुमका गजेन्द्रबहादुर तुम्बाहाम्फेलाई त्यहाँको मुक्ति सेनाको कमाण्डा बनाउने भनिएको रहेछ । पछि उक्त कुरा लगी राणा फौजलाई उसैल पोलको रूपमा सुनाएछ। त्यसको लगत्तै उही गजेन्द्रबहादुरलाई धनकुटाबाद लप्टन पद दिइएछ राणापक्षले र चैनपुरतिरबाट जाने मुक्ति सेनाको फौजीमाथि प्रत्याक्रमण गर्न उक्साएछ उसैले । सो आक्रमणमा बाघा निवासी सिपाही रामजित लिङ्थेपलाई निज गजेन्द्रबहादुर लिङ्थेपले नै पिस्तोलबाट गोली प्रहार गरी हत्या गरेको थियो । यसरी २००७ सालको क्रान्ति सफल पार्ने क्रममा मारिएका रामजित लिंथेपलाई संखुवासभाको राजनीतिक इतिहासमा ‘प्रथम सहिद’ भनिन्छ । राणा समर्थक टोलीले त्यसपछि उनक लास एउटा खाडल खनेर गाडिदिएछ । मुक्तिसेनाका जवानहरूलाई समात हातहतियार खोस्ने र शारीरिक यातना दिने जस्ता क्रूर व्यवहार समेत राणा पक्षले नै गरेछ । चैनपुरबाट गएको मुक्ति सेनाको फौजी त्यहाँ बसिरहन सकेन र फिन्यो । दोस्रो चोटि २००७ पौष ८ गते चैनपुरबाट गएको सशस्त्र जनमुक्ति सेनाले रातको समयमा तेहथुमलाई फेरि आक्रमण गरी घेरा हाल्यो । ९ गते बिहान तेहथुम कब्जा गर्यो । गजेन्द्रबहादुरलाई घरको धुरी परेवा लुकिरहेको ठाउँबाट निकालेर गिरफ्तार गर्यो करीब १५० जनाको जनमुक्ति सेनाको सशस्त्र फौजले निजलाई त्यसपछि समाती कार्बाहीका लागि मादी र चैनपुर – दिङ्ला-भोजपुर-खोटाङ हुँदै ऐसेलुखर्कतर्फ लगिएछ । यता हत्या गरी सहिद भएका रामजितको विधिवत्रूपमा दाहसंस्कार नभैसकेको अवस्थामा निजको गाडिएको लास निकाली पुनः अर्कै ठाउँमा लगी केही दिनपछि संस्कारगतरूपमा दाहसंस्कार गर्ने कार्य सोही मुक्तिसेनाद्वारा गरिएछ ।
राणा शासनको अन्त्य गर्ने र तेहथुम कब्जा गर्ने क्रममा आफ्नो जीवन उत्सर्ग गर्न पुगेका सहिद रामजित लिङ्थेपले देश र जनताको भलाइका लागि आफूलाई आफ्नै जन्मभूमिको छातीमा बलिदानी गरे तर त्यस बापत धेरै चोटि सत्ता आरोहण गरिसकेको नेपाली काङ्ग्रेसले भने उनी र उनको परिवारको हित र भलाइका लागि कुनै प्रकारको सुविधा, सम्मान र प्रतिष्ठा दिन अझै सकेन भन्ने रामजितको परिवारको गुनासो रहेको सुनिन्छ । जेहोस्, नेपालको २००७ सालको क्रान्तिलाई सफल पार्न, राणाहरूको निरङ्कुश पञ्जाबाट देशलाई बचाउन अघि बढेका एकजना नेपाल आमाका सपूत छोरा भने अवश्य नै हुन् रामजित त्यस्ता महान पुरुषलाई हामी नेपालीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु पनि हाम्रो परम् कर्तव्य नै हो भन्नुपर्दछ ।
सङ्खुवासभाका
२७
राजनीतिक योद्धाहरूबाट
प्रतिक्रिया