प्रजातन्त्र र लोकतन्त्र पर्यायवाची शब्द हुन् । संघीय एवं समावेशी गणतन्त्रात्मक संसदीय व्यवस्था लोकतन्त्र हो ।
संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था समयको माग हो । सूचना तथा सञ्चार लोकतान्त्रिक व्यवस्थाको प्राण हो; मुटु हो ।
प्रजातन्त्रको पुन:स्थापनादेखि लोकतन्त्रको संस्थापनासम्ममा नेपालका समाचारकर्मी तथा सञ्चारकर्मीहरूले गरेको सूचनाको प्रभाव निर्णायक थियो र रहिरहनेछ ।
सही सूचना पाउनु सार्वभौम जनताको नैसर्गिक अधिकार हो; सार्वभौम अधिकार-सम्पन्न नेपाली नागरिकहरू संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाबाटै समृद्धि र सुखको रचना गर्न चाहन्छन् ।
शान्त र सुन्दर नेपाललाई सुहाउँदो समय आफैँ बनाउन चाहन्छन् । नेपाली जनको चाहनाअनुरूप विचार प्रवाह गरेर नयाँ र मौलिक विकासका योजनाहरूमा विमर्श गराउनु समय-पथको उद्देश्य हो ।
समृद्धिले नै नेपाल र नेपालीलाई स्वतन्त्र बनाउँछ; अनेकताका बीच एकता नेपाल र नेपालीको विशेषता हो । बहुलतामा आधारित नेपालका भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्धनमा यथाशक्य सहकार्य गर्दै समृद्ध र समुन्नत नेपाल बनाउने महान् अभियानमा समय-पथको सक्रियता सकारात्मक शैलीसाथ अगाडि बढ्नेछ ।
प्रतिक्रिया