समय-पथलाई पछ्याइरहन पाऊँ !

समय-पथलाई पछ्याइरहन पाऊँ !


समयपथ
0
Shares

समय कालको पर्यायवाची शब्द हो ।सृष्टि, स्थिति र संहार समय हो । कालले संहार मात्र गर्दैन; सृष्टि र स्थिति पनि गर्छ ।

समय ईश्वरको बाहिरी स्वरूप हो । सृष्टि गर्ने बहिरङ्ग स्वरूप हो । ईश्वर आफैँ प्रकट हुन्छन् र आफैँ अन्तर्द्धान हुन्छन् । समय पनि आफैँ जन्मिन्छ र आफैँ हराउँछ ।

मानिसले समय बनाउँदैन । समयले नै मानिसलाई जन्माउँछ; समयले संसार जन्माउँछ र समयलाई समेत समय आफैँले जन्माउँछ ।
समयको संकेत बुझेर समयसँगै हिँड्ने महापुरुषहरू सफल भएका छन् । समय बनाउँछु भन्ने व्यक्ति अहंकारीहरू समयसँगै पुरिएका छन् ।
समयलाई त्यसले चिनेको हुन्छ जसले आफू र अरूमा भेद देखेको हुँदैन; अरूका लागि बाँच्नेहरू सधैं बाँच्दछन् । आफ्ना निम्ति मात्र बाँच्न चाहनेहरू असमयमै मर्दछन् अर्थात् स्वार्थी अहंकारीहरूले आत्महत्या गर्दछन् ।
समय-पथ वास्तवमै समय-पथ बनोस्; स्वार्थबाट सचेत भएर परमार्थका लागि अगि बढोस् ।

यस विद्युतीय पत्रिकाले केवल नेपाल र नेपालीलाई होइन अपितु विश्वभरिका सभ्य र शालीनहरूलाई एउटै चौतारामा राखेर समयको सम्मान गरोस् । हार्दिकतामय सुगन्धमय शुभ कामना !

डा. बलदेव अधिकारी (विद्यावारिधि)