हेटौँडा । ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक बहादुर सिंहले पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग नसाट्ने बताएका छन् । राप्रपा सरकारमा जानु भनेको आफ्नो मूल्य मान्यतालाई थप बलियो बनाउनु भएको उनले बताए ।
राज्यमन्त्री सिंहले मूल्य मान्यतालाई रद्दीको टोकरीमा फालेर अघि बढ्ने स्वभाव आफ्नो र राप्रपाको नरहेको दाबी गरे । आफूले निर्वाचनको समयमा मकवानपुरे जनतासँग गरेको बाचा नभुलेको उल्लेख गर्दै सिंहले जनतासँग गरेका वाचाहरू पूरा गर्न निर्वाचित भएकै दिनबाट लागिसकेको दाबी गरे ।
आफू राप्रपाको तर्फबाट विजयी भएको भए पनि मकवानपुरको विकासमा अन्य दलसँग सहकार्य गरेर अघि बढ्ने राज्यमन्त्री सिंहको भनाई छ ।
प्रतिक्रिया