काठमाडौं । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहीवार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।
२०७८ फागुन २१ गतेदेखि रिक्त राष्ट्रियसभा उपाध्यक्ष पदका लागि माघ २३ गते निर्वाचन हुँदैछ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको ४ वर्षे कार्यकाल सकिएपछि राष्ट्रियसभा उपाध्यक्षविहीन छ।
प्रतिक्रिया