किन बोलायो रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक

किन बोलायो रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक


समयपथ
0
Shares

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो साढे ४ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्दै छ।

आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ। समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएकाे छ । बुर्लाकोटीले भने, ‘जनतालाई डेलिभरी दिनुपर्ने बेलामा सरकार छोड्दा म्यासेज राम्रो जाँदैन् ।’

सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ । नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारको गृहमन्त्रीमा फर्कन दौडधुप गरिरहेका छन् ।