१,
कसम खाएपछि दर्हो मन हुनुपर्छ
बोलेको कुरालाई आफ्नो ठान्न सक्नुपर्छ
सत्यता सबैको प्रिय बचाउन गाह्रो छ ।
२,
सुनौली बिहानीमा शितलता लाग्न थाल्यो
मननै आनन्दले चङ्गाबनी उड्याे माथि
गौरव मान्दै हिडेको अनुभुती उडेछ ।
३,
आरोप खेप्दै जाँदा नाङ्गिएछ बिनासित्तै
मान्छेको चरित्रमा हिलो छ्याप्ने जताततै
सुनेथेँ कारण खोज्दा पचाउने फलाम !,
४,
अस्तित्व जोगाउन मिलिजुली लाग्नैपर्छ
समय बित्दै जादा बिग्रिजान्छ सबैथोक
चेतना अघि गरेमा आउँदैन आपत्ति ।
५,
बितेको अतीतले पिरोलिन्छ ब्यथा बनी
सपना भुलिबस्दा विपनाले जिस्काउछ
रोकिन्न आँसु बर्षामा साउनको भेल झैँ ।
६,
मान्छेको घमण्ड छ आजभोलि देखिन्छ नै
रङ्गिन सपनाको माला गुथी बाँचेका छौ
सदैब भाग्यले साथ काहाँ दिन्छ हेर त ।
प्रतिक्रिया