तिम्रै चाहारीमा

तिम्रै चाहारीमा


समयपथ
0
Shares

फक्रिंदैगरेका ओठहरू देख्ता
मनभरि बल्झिएका चाेटहरू देख्ता
खाली कागजमाथि कलम डाेबेर
सिर्जनाकाे सागरमा पाेखिऊँ झैँ लागाे
कल्पना र भावनामा छट्पटी र भाेक देख्ता
दिलभित्र तिर्सना आँखाभरि अर्चना
अनन्य अनुराेध भेट्ता
सविता भै दिनहुँ ओर्लेर अन्तरिक्षबाट
तिम्रै चाहारीमा हरेक चाेकमा
बस्ती,बेँसी र लेकमा
ठिङ्ग उभिएर प्रतीक्षाकाे पल बनिदिएर
मुनि ओझेल माथि छाहारी झैँ
पहेँलपुर लटरम्म बाेटबाट निहुँरेर
चुमिरहूँ तिम्रै ओठ रसाइरहूँ झैँ लागाे
वयस्क मुस्कान पगालेर
हँसाइरहूँ झैँ लागाे।

——000——-

पदम दाहाल
मादी,सङ्खुवासभा
हाल: लाकन्थली,भक्तपुर ।