रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला


समयपथ
0
Shares

किभ । युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा रुसले बुधबार रकेट प्रहार गरेको छ। सो घटनामा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन्। टाउकोमा टर्च लगाएका उद्धारकर्ताहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई निकाल्ने काम गरिरहेका छन् ।

भग्नावशेषमुनि किच्चिएको एक बासिन्दाको शव फेला परेपछि, उद्धारकर्ताहरूले पीडितलाई स्ट्रेचरमा लगेका बताइएको छ ।

सो स्थानमा धेरै मानिसहरू फसेका अनुमान गरिएको छ। उद्धारमा प्यारामेडिक, खोज र उद्धार कुकुरहरू र विस्फोटक विशेषज्ञहरू संलग्न रहेका डोनेट्स्क क्षेत्रीय प्रहरीले जानकारी दिएका छन् । आफ्नो अपार्टमेन्ट क्षतिग्रस्त भएपछि ७१ वर्षीय वृद्धले आफूले पहिले सिटी सुनेको त्यसपछि विस्फोट भएको बताए।