माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै


समयपथ
0
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तता देखाउदै बुधबार र बिहीबार बिहान गरी तीनपटक बैठक सारिएको थियो ।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन बैठकका मुख्य एजेण्डा छन् ।