काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा सहमति गरी अघि बढ्ने निर्णय गरेको छ। शनिबार (आज) पेरिस डाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
दुई महिनाभित्र राष्ट्रपति-उपराष्ट्रपतिको चुनाव हुन्छ। त्यसमा सकेसम्म सहमतिको प्रयत्न गर्ने, सहमति हुन नसकेमा जोसँग विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्छ त्यसैसँग मिलेर जाने गरी कुरामा बैठक टुङ्गिएको हो । यसरी मिलेर जाँदा कुनै पनि पार्टीसँग दूरी नबढ्ने पार्टीको दाबी छ ।
यस्तै पार्टीले दुई महिना फिल्डमा जाने पनि निर्णय गरेको छ। यसरी फिल्डमा जाँदा पार्टी पङ्क्तिका नेताहरूलाई मात्रै नभई जनतासँग भेट्ने पनि भेट हुने छ ।
प्रतिक्रिया