काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक बस्दै छ । हिजो (शनिबार) बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टी स्रोतले बतायो ।
आज साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारे आवश्यक निर्णय गर्ने छ । हिजो पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । पार्टीले सरकारलाई दिएको २ दिने समय सकिनै लाग्दा बसेको बैठक निष्कर्षविहीन भएर टुङ्गिएको थियो । रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ तर प्रधानमन्त्री ‘प्रचण्ड’ तयार भएका छैनन् ।
शनिबार गृह मन्त्रालयबाहेकको अरु कुनै पनि मन्त्रालय लिन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया