काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दलहरुबीचको एकतालाई जोगाउने बताउनुभएको छ ।
आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताउनुभयो । ‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु,’ उहाँको भनाइ थियो, ‘सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने मेरो भनाइ छ ।’
मन्त्रीहरु फिर्ता बोलाउने रास्वपाको निर्णय आफूलाई जानकारीमा आएको बताउँदै प्रधानमन्त्रीले सभापति रवि लामिछानेसँग यसबारे छलफल गर्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया