रूसले युक्रेनमाथिको आक्रमण तीव्र पार्न सक्ने युक्रेनको दावी

रूसले युक्रेनमाथिको आक्रमण तीव्र पार्न सक्ने युक्रेनको दावी


समयपथ
0
Shares

रुसले यहि फेब्रुअरी महिनाको अन्त्यसम्ममा युक्रेनमाथिको आक्रमण तीव्र पार्ने सम्भावना रहेको युक्रेनले जनाएको छ ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले पश्चिमा राष्ट्रहरुले युक्रेनलाई उपलब्ध गराउने भनिएको हतियार नआइपुगेको जनाउँदै युक्रेनसँग रुसको सामना गर्ने प्रयाप्त क्षमता नभएको बताउनुभएको हाे ।

रेजिन्कोभलाई रक्षामन्त्रीबाट हटाइने उद्घोष भएको केही घण्टा अघि उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । भ्रष्टाचारमा संलग्न उच्च तहका अधिकारीहरु विरुद्धको राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको कदमको निशानामा रेजिन्कोभ समेत परेका छन् ।

यता राष्ट्रपति जेलेन्स्कीले युक्रेनको पूर्वी क्षेत्रका बाख्मुत, वुहलेदार र लिमान लगायत शहरमा भीषण लडाई जारी रहेको बताउनुभएको छ । जसका कारण युक्रेनका केही आवासीय भवनहरुमा क्षति पुगेको छ ।