काठमाडौँ । भोजपुरको भोजपुर नगरपालिका-१ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष देवीप्रसाद कार्की बैङ्किङ कसुरमा पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीले एक व्यक्तिबाट स्काभेटर किनेर पैसा नभएको ५८ लाखको चेक दिएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
अपराध अनुसन्धान महाशाखा प्रदेश १ को टोलीले उनलाई आइतबार साँझ वडा कार्यालयबाटै पक्राउ गरेको हो । कार्की नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया