केन्द्रीय कार्यालयका सुरक्षा गार्ड वीरबहादुरको उपचारमा समस्या,बेखवर कांग्रेस

केन्द्रीय कार्यालयका सुरक्षा गार्ड वीरबहादुरको उपचारमा समस्या,बेखवर कांग्रेस


समयपथ
0
Shares

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यालय आफ्नै सुरक्षा गार्डको स्वास्थ्य स्थितिप्रति बेखवर बनेको छ । विगत २७ वर्षदेखि केन्द्रीय कार्यालयमा कार्यरत वीरबहादुर गुरुङ क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेका छन । बत्तिमुनी अध्यारो भनेझै देशकै पुरानो र ठूलो पार्टीको कार्यालयमा कार्यरत गुरुङ उपेक्षमा परेका छन ।

रक्त क्यान्सरबाट १६ वर्षदेखि पीडित गुरुङ सैनिक अस्पताल छाउनीमा उपचाररत छन । लामो समयदेखि क्यान्सरले ग्रसित गुरुङलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको उपचारमा संलग्न छाेरी कमला गुरुङले बताइन । बुबाको उपचारमा सहयोग गरिदिन पार्टीका नेतालाई बारम्बार आग्रह गर्दा पनि कसैले चासो नदिएको उनको गुनासो छ । पटक पटक सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले गुरुङको उपचार कुनै चासो नदिएको गुनासो उनकी छाेरी गुरुङले गरेकी छिन । गुरुङको उपचारमा छोरी कमला र श्रीमती खटिरहेका छन ।

पार्टी कार्यालयका सचिवहरु सामान्य विरामी हुँदा उपसभापतिको ठाडो निर्देशनमा पार्टीको नामबाट दुईलाख रुपैयाँसम्म खर्च दिएको रहस्य खुलेको छ । तर, गुरुङ भने उपचार खर्चको अभावमा छाउनी अस्पतालको बेड नम्बर ३०९२ मा छट्पटाइरहेका छन ।

कयौपटक जीवन मरणको दोसाधमा अस्पतालको शैयमा छट्पटाएका उनी औसधीको साहरामा जीउदै आएका छन । लामो समय पार्टी कार्यालयमा काम गरेका गुरुङ पाको उमेर र अस्वस्थ शरिर भएपछि खाली हात जागिरबाट निस्कन बाध्यात्मक अवस्था सिर्जना भएको गुनासो पोख्दै आएका छन । उनी जागिरबाट निस्कदा पार्टीले उपदानको व्यवस्था गरिदिनु पर्ने माग राख्दै आएका छन । श्रीमति र छोरीले गुरुङलाई घर लैजान प्रयत्न गरे पनि उपदना नपाएसम्म घर नफर्किने अडान लिएपछि श्रीमति पनि पार्टी कार्यालयमै बस्न बाध्य भएकी छन ।

कृष्णप्रसाद भट्टराई सभापति हुदा केन्द्रीय कार्यालयमा सेवा प्रवेश गरेका गोरखाका गुरुङ अहिले पनि सुरक्षा गर्डको रुपमा कार्यरत छन ।