केन्द्रीय कार्यालयका सुरक्षागार्ड वीरबहादुरको सम्पूर्ण उपचार खर्च बेहोर्ने कांग्रेसको निर्णय

केन्द्रीय कार्यालयका सुरक्षागार्ड वीरबहादुरको सम्पूर्ण उपचार खर्च बेहोर्ने कांग्रेसको निर्णय


समयपथ
0
Shares

काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सुरक्षा गार्ड वीरबहादुर गुरुङको उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । गुरुङको स्वास्थ्य अवस्था बुझ्न सैनिक अस्पताल छाउनी पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उहाँको उपचारमा आवस्यक पर्ने सम्पूर्ण खर्च बेहोर्ने जानकारी दिएका हुन । गुरुङको स्वास्थ्य अवस्था बुझ्न महामन्त्री विश्वप्रकाश शर्मा र मुख्य सचिव कृष्ण प्रसाद पौडेल बुधवार अस्पताल पुगेका थिए । विगत २७ वर्षदेखि केन्द्रीय कार्यालयमा कार्यरत वीरबहादुर गुरुङ क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेका छन ।

गुरुङको उपचारमा केन्द्रीय कार्यालयको तर्फबाट सचिव प्रेम केसीले आवस्यक समन्वय र संयोजन गर्ने महामन्त्री शर्माले जानकारी दिए । गुरुङको उपचारमा लामो समयदेखि सचिव केसीले समन्वय गर्दै आएका थिए ।

मंगलबार समयपथ डटकमले केन्द्रीय कार्यालयका सुरक्षा गार्ड वीरबहादुरको उपचारमा समस्या,बेखवर कांग्रेस शीर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यसको भोलीपल्ट गुरुङको उपचार खर्च केन्द्रीय कार्यालयले बेहोर्ने निर्णय कांग्रेसले गरेको छ ।

 

https://samayapath.com/news/2978/

 

विगत २७ वर्षदेखि केन्द्रीय कार्यालयमा कार्यरत वीरबहादुर गुरुङ क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेका छन । रक्त क्यान्सरबाट १६ वर्षदेखि पीडित गुरुङ सैनिक अस्पताल छाउनीमा उपचाररत छन । उपचार खर्चको अभावमा छाउनी अस्पतालको बेड नम्बर ३०९२ मा छट्पटाइरहेका छन । क्यान्सको उपचार गराईरहेका गुरुङलाई मिर्गैलार निमोनियाको समस्या समेत देखिएको छ । लामो समयदेखि क्यान्सरले ग्रसित गुरुङलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै छाेरी कमला गुरुङले आवस्यक सहयोगको लागि पहल गरिदिन आग्रह गरेकी थिइन । गुरुङको उपचारमा छोरी कमला र श्रीमती खटिरहेका छन ।

कयौपटक जीवन मरणको दोसाधमा अस्पतालको शैयमा छट्पटाएका उनी औसधीको साहारामा जीउदै आएका छन । गुरुङले जागिरबाट निस्कदा पार्टीले उपदानको व्यवस्था गरिदिनु पर्ने माग राख्दै आएका छन । श्रीमति र छोरीले गुरुङलाई घर लैजान प्रयत्न गरे पनि उपदना नपाएसम्म घर नफर्किने अडान लिएपछि श्रीमति पनि पार्टी कार्यालयमै बाध्य भएकी छन ।

कृष्णप्रसाद भट्टराई सभापति हुदा केन्द्रीय कार्यालयमा सेवा प्रवेश गरेका गोरखाका गुरुङ अहिले पनि सुरक्षा गर्डको रुपमा कार्यरत छन ।